१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नै श्रीमान् रेशमले हालेको मुद्दाले रञ्जितालाई तनाव



अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ तनावमा परेकी छन् । आफ्नै श्रीमान पार्टी संरक्षक रेशम चौधरीले हालेको मुद्दाले लिएर उनी तनावमा परेकी हुन् ।

रेशमले दायर गरेको मुद्दाको पेशी आइतबारका लागि सरेको छ । यसैगरी लम्कीचुहा वार्ड ४ बस्ने रामेश्वर चौधरी लगायत ६४ जनाले हालेको मुद्दाको पेशी पनि आइतबार नै भन्ने जानकारी आएको उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेकी छन् ।

६४ जनाको नागरिकतासहित हालिएको मुद्दामा कसैको किर्ते हस्ताक्षर वा नागरिकताको दुरूपयोग भयो भनी पछि नपछुताऊनु होला भनेर रञ्जिताले चेतावनीसमेत दिइकी छन् । त्यति मात्र नभएर उनले आफैले खनेको खाल्डोमा आफै नफसिएला भनेर सचेतसमेत गराएकी छन् ।

रञ्जिताले सामाजिक सञ्जालमा लेखेकी छन्–

सरंक्षक ज्यूले मलाई प्रतिवादी बनाएर हाल्नु भएको मुद्दा आईतबार सुनुवाई हुने गरेर सरेको छ !

आईतबार सुनुवाई हुन्छ भन्ने जानकारी पाऊंदा पाऊंदै लम्की चुहा वार्ड ४ बस्ने रामेश्वर चौधरी लगाएत ६४ जनाले हालेको मुद्दाको पेशी पनी आईतवार भन्ने अर्को जानकारी सुन्न पाएं ।

६४ जनाको नागरीकता सहित हालीएको मुद्दामा कसैको कृर्ते हस्ताक्षर वा नागरीकताको दुरूपयोग भयो भनी पछि नपछुताऊनु होला

आफैले खनेको खाल्डोमा आफै नफसियला भन्न सकिन्न

जय नागरीक

 




भर्खरै