१२ श्रावण २०८३, मंगलवार
,
Latest
असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा रहेको बताउनुभएको छ । शुक्रबार आयोजित एउटा पारिवारिक हिंसाको कार्यक्रममा उहाँले अस्ट्रेलियाका पुरुषहरूलाई अगाडि बढ्न र महिलाविरुद्ध हिंसा रोक्न आह्वान गर्नुभयो ।

“हामीसँग अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ, यो हाम्रो समाजका लागि एउटा विपत्ति हो र यसको अन्त्य हुनुपर्छ”, उहाँले भन्नुभयो, “स्थायी परिवर्तन ल्याउन महिलाले महिलामाथि हुने हिंसाको समाधान गर्ने अपेक्षा गर्न सकिँदैन, अब पुरुषहरूले अगाडि बढ्ने समय आएको छ, यो हामी आफैँलाई, आफ्ना छोराहरूलाई, सहकर्मीलाई र मित्रहरूलाई शिक्षित गर्नु हाम्रो जिम्मेबारी हो, हामीले रोकथामसँगै मिलेर काम गर्ने तथा कामको नयाँ तरिका खोज्नेतिर ध्यान दिनुपर्छ ।”

सिड्नीको एक सपिङ सेन्टरमा छुरा प्रहार गरेर जोएल काउचीले पाँच महिलासहित छ जनाको हत्या गरेपछि उहाँको उक्त टिप्पणी आएको हो ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले सोमबार काउचीका पीडितहरूको लिङ्ग विभाजनलाई चिन्ताजकरूपमा वर्णन गर्नुभयो । न्यु साउथ वेल्सका प्रहरी उच्चायुक्त करेन वेबले स्पष्टरूपमा काउचीले महिलाहरूलाई लक्षित गरेको बताउनुभयो ।

ड्रेफसले अस्ट्रेलियामा महिलाविरुद्ध हिंसा धेरैजसो पुरुषहरूबाट हुने गरेको भनी स्वीकार गर्न आधारभूत परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो । उहाँले अवस्था परिवर्तन गर्न सरकार, सङ्घसंस्था, अग्रपङ्क्ति सेवा, कानून प्रवर्तन, प्राज्ञिक संस्था, न्यायपालिका, परिवार र समुदायले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।