• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

युएईविरुद्ध अर्धशतक बनाएर आउट भए सन्दीप जोरा, नेपालको छैटौं विकेट पतन



काठमाडौँ । एसिसी प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले छैटौं विकेट गुमाएको छ । नेपालले छैटौं विकेटको रुपमा सन्दीप जोरालाई गुमायो ।

जोरा अर्धशतक बनाएर ५० रनमा आउट भए । उनले ३९ बलमा अर्धशतक बनाएका हुन् । उनले २ छक्का र ४ चौका प्रहार गरे ।

नेपालले ताजा अवस्थामा १४.५ ओभरमा ६ विकेट गुमाएर ८१ रन जोडेको छ ।

हाल क्रिजमा गुलशन झा र सोमपाल कामी छन् ।