• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने ★   रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री ★   अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे ★   वेस्ट इन्डिजलाई सिरिज, नेपाल २८ रनले पराजित ★   नेपालले आठ विकेट गुमायो ★   प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर



धरान, (सुनसरी) । धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको मन्दिर संरक्षणको अभावमा जीर्ण भएको छ ।

तत्कालीन पाँचकन्या गाउँ विकास समितिको क्षेत्राधिकारमा रहेको यो मन्दिर सङ्घीयता कार्यान्वयनसँगै धरान उपमहानगरमा गाभिए पनि यसको संरक्षणमा कसैले चासो देखाएका छैनन् ।

मन्दिरका पुजारी विदुर भण्डारीका अनुसार प्राचीन विजयपुर राज्यको निशानका रूपमा मन्दिर स्थापना भएको हो । मन्दिर व्यवस्थापन समितिले संरक्षणमा सहयोग गर्ने समाजसेवीको खोजी गरिरहेको छ । धरानका व्यवसायी अशोक अग्रवालले निशानदेवी मन्दिरको संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कोशी प्रदेशको धरान मन्दिरहरुको सहरका रूपमा पनि परिचित छ । धरान उपमहानगपालिका क्षेत्रभित्र बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, विष्णुपादुका, पञ्चकन्या मन्दिर, विश्वकर्मा मन्दिर, शनि मन्दिर छन् । यहाँ शिव मन्दिर, राम मन्दिर, कृष्ण मन्दिर, ‘इस्कोन’ मन्दिर, वैष्णव मन्दिर, बालाजी मन्दिर, बालगोपाल मन्दिर पनि छन् । धरान बजारभन्दा अलि टाढा रहेको निशानदेवी मन्दिर भने संरक्षणको अभावमा जीर्ण बनेको छ ।

निशानदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परशुराम बुढाथोकीले आर्थिक अभावमा मन्दिरको संरक्षण कठिन भएको बताउँदै स्थानीय निकाय र भक्तजनमा सहायताका निम्ति आग्रह गर्नुभएको छ । मन्दिरको अविलम्ब जीर्णोद्धार गर्नुपर्ने भएकाले सामाजिक सङ्घसंस्थालाई उहाँले भौतिक एवं आर्थिक सहयोग गर्न आह्वान गर्नुभएको छ । रासस