२० माघ २०८१, आईतवार
,
Latest
क्यानाडाले मङ्गलबार अमेरिकामाथि जवाफी भन्सार महसुल लगाउने: ट्रुडो अमलटारीबाट ल्याइएको गैँडालाई खगेन्द्रमल्ली क्षेत्रमा छोडियो म्याग्दीका जिसस प्रमुख सहकारी ठगी आरोपमा पक्राउ बागबजारस्थित आराधना कम्प्लेक्समा सुट मेला जनकपुरमा व्यवसायीमाथि रड प्रहार गरी निर्घात कुटपिट जनकपुरमा कवाड व्यवसायीमाथि रड प्रहार, पाँच जना प्रहरी नियन्त्रणमा विश्वका ५ खतरनाक पुलहरु जसमा यात्रा गर्दा शरीर काँप्छ संरक्षित क्षेत्रमा सर्वोच्च अदालतको निर्णय पालना भए मुलुक जलविद्युत उत्पादनमा २० वर्ष पछि धकेलिन्छः अध्यक्ष… नेतन्याहूले गाजा युद्धविरामको दोस्रो चरणबारे अमेरिकासँग छलफल गर्ने अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा पहिलो चरणमा १ सय २ लोकसभा सदस्यका लागि आज चुनाव



अ+ अ-

नयाँ दिल्ली । भारतमा नयाँ सरकार गठन गर्न आजदेखि आमचुनाव हुँदैछ । विश्वमा सबैभन्दा बढी जनसंख्या भएको लोकतान्त्रिक देश भारतको लोकसभाको ५ सय ४३ सिटका लागि चुनाव हुने छ । यो चुनाव डेढ महिना लगाएर सात चरणमा सम्पन्न हुने छ ।

पहिलो चरणमा आज २१ राज्यको १ सय २ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । उत्तर प्रदेशको ८, बिहारको ४, मध्यप्रधदेशको ६, राजस्थानको १२, उत्तराखंडको सबै ५ सिटका लागि मतदान हुनेछ ।

त्यस्तै, पश्चिम बंगालको ३, असमको ४, मेघालयको २, अरुणाचलको २, छत्तीसगढको १ महाराष्ट्रको ५, तमिलनाडुको ३९, मिजोरमको १, नागालैंडको १, सिक्किमको १ र त्रिपुराको १ सिटमा आज मतदान हुने छ । पहिलो चरणमा तमिलनाडु, उत्तराखण्ड, अरुणाचल, मेघालय, अंडमान निकोबार द्विप, मेघालय, मिजोरम, नागालैंड, पड्डुचेरी र सिक्कमको सबै निर्वाचन क्षेत्रको मतदान पूरा हुनेछ ।

नेपालसँग सिमा जोडिएको उत्तराखण्डको अलमोडा र नैनिताल, त्यस्तै उत्तरप्रदेशको पिलिभित निर्वाचन क्षेत्रमा पहिलो चरणमा निर्वाचन हुँदैछ । पहिलो चरणमा केन्द्र सरकारका आठ जना मन्त्री, तीनजना पूर्व मुख्यमन्त्री प्रतिस्पर्धामा छन् । केन्द्रीय सडक तथा यातायात मन्त्री नितिन गडकरी नागपुर सिटबाट चुनावी प्रतिस्पर्धामा छन् ।

आजदेखि चुनाव सुरु भए पनि त्यसको परिणाम भने डेढ महिनापछि मात्र आउने छ । अर्थात् ४ जुनमा मतगणना हुने छ ।
पहिलो चरणको मतदानका लागि मतदातालाई आफू तर्फ लोभ्याउन सत्तारुढ भारतीय जनता पार्टी र भारतीय कांग्रेस नेतृत्वको विपक्षी इन्डिया गठबन्धनले अधिकतम बल लगाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी लगातार चुनावी प्रचारमा व्यस्त छन् । त्यस्तै कांग्रेस नेता राहुल गान्धी र अन्य विपक्षी नेताहरुपनि मोदीलाई चुनौति दिन चुनावी सभाहरु गरेका छन् ।

सन् २०१४ देखि लगातार दोस्रो कार्यकाल भाजपाले चुनाव जितेको छ । नरेन्द्र मोदी १० वर्षदेखि प्रधानमन्त्री छन् । उनले आफूले तेस्रो कार्यकाल पनि जित्ने पूर्ण आत्मविश्वास देखाएका छन् । ‘अबकी बार चार सय पार’ अर्थात ५ सय ४३ मध्ये चार सय सिट आफूहरुले जित्ने उनले दाबी गर्दै आएका छन् । १० वर्षमा सरकारले गरेको काम र उपलब्धीहरुलाई मोदीले जनता समक्ष बताइरहेका छन् ।

कांग्रेसले भाजपामाथि बेरोजगारी, महँगी बढाएको र समाजलाई विभाजित गरेको आरोप लगाएको छ । त्यस्तै, चुनावी बन्ड (इलेक्टोरल बन्ड) मार्फत सत्तारुढ भाजपाले भ्रष्टाचार गरेको आरोप लगाउँदै त्यसलाई भाजपा बिरुधी हतियारको रूपमा प्रयोग गरेको छ । लगातार तेस्रो कार्यकाल जितेको खण्डमा भाजपाले लोकतन्त्रलाई नै संकटमा पुर्‍याउने उसको आरोप छ ।

यसै साता आएका दुईवटा चुनावी सर्वेक्षणको नतिजा भाजपाको पक्षमा देखिएको छ । इंडिया टिभी र एबिपी टिभीको सर्वे रिपोर्टमा भाजपा नेतृत्वको एनडिए गठबन्धनले अघिल्लो पटकको तुलनामा बढी सिट जितिरहेको दावी गरिएको छ ।
इण्डिया टिभीले भाजपा नेतृत्वको एनडिए गठबन्धनले ३७८ सिट र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले ९८ सिट जित्ने सम्भावना देखाएको छ । त्यस्तै, एबीपीले एनडीएलाई ३७३ र विपक्षी गठबन्धन इन्डियालाई १५५ सिट दिएको छ ।