• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएईको सामना गर्दै नेपाल



काठमाडौँ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह ‘ए’को विजेता नेपाल र समूह ‘बी’को उपविजेता रहेको यूएईले पहिलो सेमिफाइनल खेल्न लागेका हुन् ।

खेल बिहान ११ः४५ मा सुरु हुनेछ । नेपाल समूह ‘ए’ मा अपराजित रहँदै समूह विजेता बनेको हो ।

यस्तै, सेमिफाइनलको दोस्रो भिडन्त आयोजक ओमान र हङकङ बिच हुँदैछ । ओमान समूह ‘बी’को विजेता टोली हो भने हङकङ समूह ‘ए’को उपविजेता हो । यो खेल अपरान्ह ४ः१५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको फाइनल खेल वैशाख ९ गते हुनेछ । विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ ।