• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

दाहाल, ओली र रविबीच भेटः राजनीतिक घटनाक्रमबारे समीक्षा



फाईल फोटो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरुबीच भेटवर्ता भएको हो । भेटका क्रममा समसामयिक राजनीतिका साथै लगानी सम्मेलनबारे समीक्षा गरिएको उपप्रधान एवं गृहमन्त्री लामिछानेले बताउनु भयो । उहाँले तीन नेताहरुबीच भेट नभएको लामो समय भएकाले पछिल्ला घटनाक्रमका बारेमा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सामान्य बैठक हो । हामी तीन जना नै नेताहरु बस्न पाएका थिएनौँ । भेटघाट भएको थिएन । त्यसले गर्दा यो सम्पूर्ण परिस्थिति र राजनीतिक परिस्थितिको छलफल र समीक्षा गर्न बैठक बसेका हौँ । सुदूरपीश्चममा एउटा समझदारीमा गइसकेको कुरा हो । त्यसमा कहिले कहीँ पात्रको विषयलाई लिएर छलफल भएको हो । हाम्रो सहभागिता नभएकाले मेरो मत खासै रहेन । प्रदेशमा केही हुँदा केन्द्रमा केही हुँदैन । सामान्य छलफल हुन् । म यहीँ थिएँ, त्यसपछि ओलीजी आउनुभयो । सामान्य छलफल गर्न हो, एजेण्डागत होइन । शिर्ष नेताबीच निरन्तर छलफल भइराख्छ । लगानी सम्मेलन कुरा छन्, अन्य राजनीतिक कुरा छन्, त्यसको समीक्षा गरिएको हो ।’

उहाँले प्रदेशका समस्याले संघ सरकारमा कुनै समस्या नपर्ने बताउनु भयो ।