६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारी नियुक्त



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता दीर्घ सोडारी नियुक्त भएका छन् ।

समाजवादीका सोडारीले सत्ता गठन्धनबाट एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिका दुईजना सांसद र स्वतन्त्र एकसहित प्रदेश प्रमुख नजिर मियाँ समक्ष दाबी पेश गरेका थिए ।

सोही दाबीअनुसार प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

५३ सदस्यीय प्रदेशमा सरकार निर्माणका लागि २७ जना सांसदको समर्थन आवश्यक थियो । सोडारीको पक्षमा माओवादीका १० जना, एमालेका १०, समाजवादीका चार, नागरिक उन्मुक्ति (नाउपा)का दुई र एक स्वतन्त्र सांसदले समर्थन जनाएका छन् ।

नाउपाका रेशम चौधरी पक्षका पाँच जनाले भने सोडारीलाई समर्थन दिएका छैनन् । १८ सिटसहित सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेस विपक्षीमा बस्ने भएको छ ।