• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने हुँदैन, प्रक्रिया पूरा गर्नुपर्छ: उद्धव थापा



काठमाडौं । कोशी प्रदेशमा नेपाली काँग्रेसका संसदीय दलका नेता उद्धव थापाले बहुमत पक्षले सरकार चलाउने बताउनुभएको छ ।

बिहीवार प्रदेश सभा परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अल्पमत, बहुमत हुनु स्वभाविक भएको बताउँदै संसारको मूल्य मान्यताअनुसार बहुमतले शासन गर्ने र अल्पमतले प्रतिपक्षमा बस्ने भएको बतउनु भयो । उहाँले अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने भन्ने नहुने बताउनु भयो । उहाँले विधि र पक्रिया पूरा गर्ने बाटोबाट काँग्रेस अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अल्पमत, बहुमत हुनु स्वभाविक हो । संसारको मूल्य मान्यता के हो भने बहुमतले शासन गर्ने हो, अल्पमतले प्रतिपक्षमा बस्ने हो । तर अल्पमत भयो भन्दैमा कुर्सी छोडेर हिँड्ने होइन, त्यसको प्रक्रियाहरु हुन्छन् । विधि, तरिकाहरु हुन्छन् । विधि र प्रक्रियाको बाटोबाट के गर्नुपर्छ, त्यो निर्णय र निस्कर्षमा पुग्नेछौँ ।’

बाइट…उद्धव थापा, नेपाली काँग्रेस संसदीय दलका नेता, कोशी प्रदेश

कोशी प्रदेशमा नयाँ सत्ता समीकरणसँगै नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएसँगै नेपाली काँग्रेसको तर्फबाट मुख्यमन्त्री बन्नुभएका केदार कार्की अल्पमतमा पर्नुभएको छ । उहाँले आफू संविधानको धारा ५ अनुसार मुख्यमन्त्री बनेको भन्दै आफूलाई समर्थन गर्नुको विकल्प नरहेको बताउनुभएको छ । आफूले विश्वासको मत लिन नपर्ने र राजीनामा पनि नदिने अडान लिनुभएको छ । —न्युज एजेन्सी नेपाल