७ भाद्र २०८३, आईतवार
,
Latest
देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्मीले जित्यो कालिका कप राष्ट्रिय भलिबलको उपाधि



अ+ अ-

गलकोट । चैतेदसैँका अवसरमा बागलुङ कालिका गुठी समितिद्वारा आयोजित कालिका कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीले जितेको छ ।

उपाधिका लागि आज भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोझो सेटमा घुम्टे रेष्टुरेन्टलाई पराजित गर्दै उपाधि जितेको हो । योसँगै आर्मी क्लबले रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । आर्मीसँग हारेको घुम्टे रेष्टुरेन्टले उपाधिको दोस्रो पुरस्कारमा चित्त बुझाएको छ ।

फाइनल खेलको पहिलो सेटमा त्रिभुवन आर्मीले घुम्टे रेष्टुरेन्टलाई २५–१८, २५–१२ र २५–२२ अङ्कले पराजित गरेको थियो । बुधबार भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मीले कस्तुरी युवा क्लब र बागलुङ घुम्टे रेष्टुरेन्टले कालिका युवा क्लबलाई सोझो सेटमा पराजित गरेका थिए ।

उपाधिको तेस्रो पुरस्कार भने कालिका युवा क्लबलाई सोझो सेटमा हराउँदै कस्तुरी युवा क्लबले हात पारेको छ । प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार र तृतीयले रु एक लाख पुरस्कार प्राप्त गरेका भलिबल खेल संयोजक अर्जुन खड्काले जानकारी दिनुभयो ।