२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

सुदूरकाे मुख्यमन्त्री बन्दै दीर्घ सोडारी, लक्ष्मणकिशोर अदालततिर

सुदूरकाे मुख्यमन्त्री बन्दै दीर्घ सोडारी, लक्ष्मणकिशोर अदालततिर
अ अ+ अ-

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री बन्ने भएका छन् । एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेशसभा सदस्यको समर्थनमा साडारी मुख्यमन्त्री बन्न लागेका हुन् ।

एकीकृत समाजवादीले बुधबार सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो । सोडारीले हिजै मुख्यमन्त्रीमा दाबी पेश गर्न खोजे पनि एमालेले आनाकानी गरेपछि रोकिएको हो । तर संघीय गठबन्धनमा खटपट हुने भएपछि आज एमालेले सोडारीलाई समर्थन गर्ने बताइएको छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीलाई लिएर सत्ता गठबन्धनमा अझै केही कचकच चलिरहेको छ । सात प्रदेशको भागबन्डाका क्रममा एमाले र माओवादीका नेताहरूले सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरेका थिए । तर सरकार गठनमा निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) दुई समूहमा बाँडियो ।

अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी एमाले–माओवादी गठबन्धनको पक्षमा भए पनि सुदूरपश्चिममा ७ मध्ये दुई प्रदेश सांसद मात्र उनको पक्षमा रहे । बाँकी ५ सांसद, जो रेशम चौधरी पक्षमा थिए । त्यसपछि एमाले र माओवादीले नाउपालाई मुख्यमन्त्री दिने नयाँ सहमति गरे । तर पनि पार्टीभित्रको विवाद मिलेन । दुवै समूहले फरक फरक उम्मेदवार अघि सारे ।

नाउपाको विवाद चर्किने संकेतकै बीच नाउपाकी अध्यक्ष रञ्जीतासहित बसेको गठबन्धनको बैठकले फेरि सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भयो । सत्ता संकट टार्न एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने नयाँ सहमति भयो । केन्द्रमा भएको सहमतिअनुसार मंगलबार नै एकीकृत समाजवादीका नेता सोडारीले लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता लिए ।

प्रदेश प्रमुख नजिर मियाँले पनि कैलाश र लक्ष्मणकिशोर दुवैको दाबी अस्वीकृत गर्दै सरकार गठनका लागि दाबी पेश गर्न २ दिन समय दिए । त्यो समय आज सकिँदैछ । त्यसअघि नै अध्यक्ष केपी शर्मा ओलीले एमाले सुदूरपश्चिम प्रदेशलाई निर्देशन दिने र सोडारी मुख्यमन्त्री बन्ने छन् ।

यता, प्रदेश प्रमुखले आफूलाई मुख्यमन्त्री नियुक्त नगरेको र आफ्नो दाबी अस्वीकृत गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी आज अदालत जाँदैछन् । नेपाली कांग्रेस पनि लक्ष्मणकिशोरलाई साथ दिँदै अदालत जाने छ ।