• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु ★   समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल ★   गलत प्रवृत्तिका विरुद्धमा नयाँ सांस्कृतिक जागरण पैदा गर्न आवश्यकः अध्यक्ष नेपाल ★   महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध ★   आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँ: अर्थमन्त्री पुन ★   करेन्ट लागेकालाई बचाउन खोज्नेको मृत्यु, अर्का घाइते

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६.५५ अंक घट्यो, कारोबार रकममा भने हालसम्मकै उच्च



काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १६.५५ अंकले घटेको छ भने यता शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन रू. ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार बराबरको २ करोड २१ लाख ५३ हजार कित्ता शेयर कारोबार भएको हो । 

बिहीबार नेप्से घटेपछि २ हजार ४२५.२९ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इन्डेक्स भने ४.३२ अंक घटेर ४४२.०६ विन्दुमा बन्द भएको छ ।

बुधबार सर्किट लेभलमा बढेको कम्पनीको मूल्य बिहीबार २ दशमलव ५७ प्रतिशत घटेको हो । बिहीबार निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३.३८ प्रतिशतले बढेको छ । यो दिन उत्पादन तथा प्रशोधनको २.८२ प्रतिशत र लघुवित्तको २.१४ प्रतिशतले परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ ।

बिहीबार सगरमाथा इन्स्योरेन्स र सूर्योदय लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने सपोर्ट माइक्रोफाइनान्सको ९.९८ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ९.९७ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९.९७ प्रतिशत, एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ९.७८ प्रतिशत र सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.४७ प्रतिशत बढेको छ । 

बैंकिङ समूहको सर्वाधिक २.३४ प्रतिशत परिसूचक घटेको हो भने व्यापारिकको ०.१७ प्रतिशत, होटलको १.२७ प्रतिशत, विकास बैंकको १.७२ प्रतिशत, जलविद्युतको १.२१ प्रतिशत, वित्तको १.५५ प्रतिशत, अन्यको ०.५७ प्रतिशत, जीवन बीमाको ०.२४ प्रतिशत र म्युचुअल फण्डको १.७९ प्रतिशत परिसूचक घटेको हो । 

बजारले उच्च विन्दु कायम गरिरहदाँ लगानीकर्ताहरुले पछिल्लो समय अल्पकालिन नाफा बुक गर्न थालेको देखिन्छ । जसका कारण बजारमा सामान्य करेक्सन दोहोरिरहेको छ । बजारलाई व्यवस्थित र सबै नेपालीको पहुँचमा पु¥याउने प्रयास भइरहँदा कारोबार रकमले भने ऐतिहासिक रेकर्ड कायम गरिरहेको छ ।

बिहीबार भएको शेयर कारोबार कित्तापनि हालसम्मकै उच्च रहेको छ । यस अघिको कारोबारमा २ करोडभन्दा कम कित्तामात्र शेयर कारोबार भएको थियो । कारोबार रकममा सर्वाधिक हिस्सा भने नेपाल लाइफ इन्स्योरेन्सलेनै ओगटेको छ ।  

उक्त कम्पनीको रू.५७ करोड ६८ लाख ९१ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६२ ले घटेर अन्तिम मूल्य रू. २ हजार ३४९ कायम भएको छ ।