४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राजुबाबु, हरि र विश्व नेपालीको गजल ‘कसले रचायो माया’ सार्वजनिक

राजुबाबु, हरि र विश्व नेपालीको गजल ‘कसले रचायो माया’ सार्वजनिक
अ+ अ-

काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रका तीन सुपरिचित नाम गीतकार डा. राजुबाबु श्रेष्ठ, संगीतकार हरि लम्साल र गायक विश्व नेपालीको सांगीतिक सहकार्यमा निर्माण भएको ‘कसले रचायो माया’ बोलको गजल युट्युबबाट सार्वजनिक गरिएको छ ।

ट्वेल्ब नोट्सले बजार व्यवस्थापन गरेको र हरि लम्सालकै संगीत संयोजन रहेको यो गजल नेपाली संगीत पारखीहरुको लागि एउटा राम्रो कोसेली बन्नेछ भन्ने विश्वास गर्न सकिन्छ । गजल सुन्दा शब्द, संगीत र स्वर तीनै पक्ष बेजोड लाग्छन् । शब्दलाई संगीतले न्याय गरेको छ भने शब्द संगीतलाई स्वरले साथ दिएको छ । समग्रमा नेपाली संगीत भण्डारमा एउटा स्तरीय र कर्णप्रीय गीत थपिएको छ ।

गीत सार्वजनिक हुँदै गर्दा यसका प्रथम सर्जक गीतकार डा. श्रेष्ठसँग हामीले सोधेका थियौँ । गीतका बारेमा उहाँको मत यस्तो थियो ‘छ वर्ष अगाडि नै संगीत सिर्जना गरिएको गजल हो यो । हरि भाई र विश्व भाई दुबै मेरा लागि प्रीय छन् । प्रीय मात्र होईन आफ्नो क्षेत्रमा दुबै अब्बल पनि छन् । त्यसैले पनि उनीहरु दुबैसँग म सिर्जनाका लागि सहज महशुस गर्दछु । हामी तीनजनाको सहकार्यमा यस अघि पनि ‘सारा संसारै भुलेर’ बोलको गजल आएको थियो । जुन श्रोताले रुचाईदिनु भएको थियो । यसलाई पनि पक्कै मन पराईदिनुहुनेछ भन्ने विश्वास लिएको छु । आजबाट यो हाम्रो हातबाट बाहिर गएको छ । आम श्रोताको भएको छ । श्रोताको अदालतमा जे निर्णय हुन्छ स्वीकार्य छ ।’

उहाँले अगाडि भन्नुभयो ‘शाश्त्रीय संगीतमा आधारित गायकको गायकी देखिने खालको गजल बनेको छ । यो गजल संगीतका विधार्थीहरुको लागि एउटा राम्रो पाठ बन्नेछ भन्ने मेरो विश्वास छ । राजुबाबु दाईको शब्दमा मैले ‘पानीको फोका जस्तै’, ‘सकिएन भुल्न,’ ‘तिम्रो माया रैछ पानी जस्तो’ लगायत दर्जनौँ सफल गीतहरु गरिसकेको छु तर यो गजलसँग मेरो मोह छुट्टै छ । यसमा विश्व भाईको गायकीको जति तारिफ गरे पनि कम हुन्छ जस्तो लाग्दछ । बाँकी श्रोताको जिम्मामा ।’

‘राजुबाबु दाई र हरि दाई दुबै जना मेरा लागि आदरणीय हुनुहुन्छ । उहाँहरुसँगको सहकार्यको लागि म सधै किन लालायीत हुन्छु भन्ने कुराको जवाफ मैले यस गीतबाट श्रोतामाझ पस्केको छु । मेरो तर्फबाट मैले उत्कृष्ट दिएको छु बाँकी मेरो भगवानका रुपमा रहेका श्रोताको मायाले निर्धारण गर्दछ ।’ – गायक विश्व नेपाली गीतका बारेमा यस्तो धारणा राख्नुहुन्छ ।

वर्तमान सन्दर्भमा गीत सुन्ने भन्दा पनि हेर्ने सिर्जनाको रुपमा विकास हुँदै गइरहेको पाईन्छ । आवश्यक बजेट नहुँदा र खर्च गरेर म्युजिक भिडियो बनाउन नसक्दा राम्रा र उत्कृष्ट गीतहरु पनि ओझेलमा परेका थुप्रै भेटिन्छन् । गीत ज्यादै उत्कृष्ट रहे पनि सरल र सामान्य म्युजिक भिडियोका कारण यो गीत पनि अन्यायमा नपर्ला भन्न सकिन्न । यस्ता मिठा गीतहरुलाई माया गर्न सके मात्र नेपाली संगित क्षेत्रमा स्तरीयता कायम रहन जान्छ भन्ने कुरामा भने हाम्रो पनि सहमति रहेको कुरा प्रष्ट पार्न चाहन्छौँ ।