४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २१३ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौँ । पछिल्लो २४ घण्टामा २१३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ७० हजार ५ सय ८८ संक्रमितको संख्या पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो  २४ घण्टामा २९६ जना कोरोना संक्रमणबाट निको भएसँगै निको हुनेको संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ सय १३ रहेको छ ।

देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय ३ छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २० पुगेको छ ।