• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे ★   दश महिनामा पाँच हजारभन्दा बढी डढेलो ★   कोशीका नवनियुक्त सात मन्त्रीले लिए शपथ ★   सत्ता समिकरण सुविधाजनक बहुमतमा छ, प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ: सांसद भट्टराई ★   गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत ★   काँग्रेसलाई रास्वपा सांसद झाको आग्रह– माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस्

नेकपा एसले सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीलाई उम्मेदवार बनाउने



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको ८०औँ सचिवालय बैठकले सुदूरपश्चिम प्रदेशसभाका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टीको १०औँ महाधिवेशनको तयारी लगायतका विषयमा सो बैठकमा छलफल भएको थियो । बैठक जारी रहेको छ ।