• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

गायिका एलिना चौहानले कसिन् प्रेमी विष्णुसँग लगनगाँठो (तस्बिरहरु)



काठमाडौँ । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बाग्लुङका विष्णु सापकोटासँग आज लगनगाँठो कसेकी हुन् ।

एलिनाकै घरमा परम्परागत रितिरिवाजपूर्वक विवाह भएको छ । यी दुईले केही वर्षको प्रेम सम्बन्धलाई पारिवारिक सल्लाहमा विवाहमा परिणत गरेका हुन् ।

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय एलिना निकै चर्चामा रहेकी गायिका हुन् भने विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन् ।

तस्बिर सौजन्यः गोपीकृष्ण चापागाईं