१२ भाद्र २०८३, शुक्रबार
,
Latest
ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखा समितिद्वारा हुलाकी राजमार्गको अनुगमन, कामको गति बढाउन निर्देशन



अ+ अ-

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिको एक टोलीले वर्षौंदेखि निर्माणाधीन राष्ट्रिय गौरवका हुलाकी राजमार्गको अनुगमन गरेको छ ।

समितिको टोलीले सप्तरीदेखि राजमार्गको स्थलगत अनुगमन गरेको हो । त्यस क्रममा लेखा समितिको टोलीले राजमार्ग निर्माणको प्रगति निराशाजनक रहेको पाइएको जनाएको छ ।

मधेसको मेरुदण्डका रुपमा रहेको हुलाकी राजमार्गमा ठेक्का लिइर काम गरिरहेका निर्माण व्यवसायीको कमजोरी धेरै देखिएको समितिको निष्कर्ष छ । लेखा समितिका सदस्य प्रदीप यादवले केही कर्मचारीको लापरबाहीका कारण पनि आयोजनाको काम अघि बढ्न नसकेको बताउनुभएको छ ।

टोलीले सप्तरीका सासंद, नगरपालिका प्रमुख, गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, हुलाकी राजमार्गका आयोजना प्रमुख, निर्माण व्यवसायीलगायत सरोकारवालाहरूसँग छलफल गरि आयोजनाको काम अघि बढाउन निर्देशन दिएको छ ।