• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   संवाहिका समाज नेपालद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक ★   काठमाडौंका मेयर बालेनविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा ★   गुजरात र हैदराबादको खेल वर्षाका कारण रोकिएपछि हैदराबाद आईपीएलको प्लेअफमा ★   संसदमा जे देखियो- फोटो फिचर ★   कांग्रेसले अलोकतान्त्रिक र गैरसंसदीय चरित्र देखायो एमाले ★   भ्रष्टाचारका सबै फाइल खोले हुन्छ: गगन थापा ★   देउवा, आरजु र जयवीरमाथि छानविन नभएसम्म अब समिति बन्दैन: रास्वपा ★   डा.गोविन्द केसीले अनसन तोडे ★   कांग्रेसको नाराबाजी पछि प्रतिनिधिसभाको बैठक भोलिसम्मको लागि स्थगित ★   कांग्रेसको नाराबाजीबीच सभामुखले अघि बढाए संसदको कारबाही

काठमाडौंमा आजदेखि चार दिनसम्म दैनिक ६ घण्टा बिजुली जाने



काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आजदेखि चार दिनसम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ ।

प्रसारण लाइन मर्मतको काम गर्नुपर्ने भएकाले आज विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विजुली जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आजबाट चार दिन अर्थात् वैशाख ८ गतेसम्म ६ घण्टा बिजुली कटौती हुने छ ।

विद्युत् प्राधिकरणले सूचना जारी गर्दै प्रसारण कन्डक्टर अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सब स्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर (तार) लाई नयाँ कन्डक्टर तारले बदली गरी मर्मत कार्य गर्न लागिएको हुँदा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म बिजुली अवरुद्ध हुने भएको जानकारी दिएको छ ।

बिजुली कटौती हुने क्षेत्रहरूमा सीतापाइला फिडर, कुलेश्वर वितरण केन्द्र, इचङ्गु फिडर, बालाजु वितरण केन्द्र क्षेत्रका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक, सानो भर्‍याङ , ठुलो भर्‍याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुङ्गेधारा, क्लब घर र तरकारी बजार (बालाजु सब स्टेसन पछाडि) छन् ।