• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरमा छुट



काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट हुने पाउने भएका छन् ।

उक्त छुटका लागि प्रभु बैंक र वन्डर्स नेपाल प्रालि बिच दुई पक्षीय समझदारी भएको छ । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने समझदारीमा उल्लेख छ ।