१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

पोखरामा वृक्षरोपण क्षेत्रको पहिचान, दुई लाखभन्दा बढी बिरुवा रोपिने

पोखरामा वृक्षरोपण क्षेत्रको पहिचान, दुई लाखभन्दा बढी बिरुवा रोपिने
अ अ+ अ-

कास्की । पोखरा महानगरपालिकालाई ‘स्वच्छ सहर: हरित सहर’ का रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तय गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा शेषकान्त भण्डारीको संयोजकत्वमा गठन गरिएको कार्यदलले सो कार्य अन्तिम चरणमा पुगेको जनाएको हो ।

पोखरा महानगरको सहरी वन कार्यक्रमलाई सुदृढ गर्न र स्वच्छ सहर हरित सहरको लक्ष्य हासिल गर्न सम्भावित वृक्षरोपणस्थल पहिचान गर्ने, सहरी वन कार्यक्रम प्रवद्र्धन गर्न उपयुक्त वनस्पति प्रजाति पहिचान गर्ने र महानगर क्षेत्रमा वृक्षरोपण सम्भाव्यताको योजना तयार गर्ने उद्देश्यले उपप्राध्यापक डा भण्डारीसहित उप प्राध्यापक सुमन भट्टराई र उपप्राध्यापक विकास अधिकारी रहनुभएको अध्ययन टोली गठन गरेको थियो ।

कार्यदलले रैथाने, स्थानीय बासिन्दाको रोजाइ, सौन्दर्य बढाउने, सदाबहार, धार्मिक महत्व बोकेका, पोखरा महानगरभित्र राम्रोसँग हुर्किरहेका र हावाहुरीबाट सजिलै नभाँचिनेलगायतका वर्गमा विभाजन गरी प्रजाति छनोट गरेको छ । अध्ययन अनुसार महानगर क्षेत्रको सात सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ किमी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको एक २५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका बिरुवा लगाउन सकिनेछ ।

महानगर क्षेत्रमा पहिचान गरिएको सम्भावित क्षेत्रमा लगाउन सकिने बिरुवामा बर, पिपल, शमी, पैयूँ, कोइरालो, टाँकी, लालीगुराँस, असारे, आँप, अमला, अशोका, कल्की फुल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धूपी, बाँस, खयर, सिसौँ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बू, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरालगायत छन् ।

महानगर क्षेत्रको सम्भावित क्षेत्रमा दुई लाख १८ हजार बढी बिरुवा रोप्न सकिने बताइएको छ । जस अन्तर्गत सार्वजनिक खुला क्षेत्रमा ७३ हजार तीन सय ९९ र सडक, नदी तथा खोला किनारमा एक लाख ४४ हजार छ सय चार वटा बिरुवा रोप्न सकिने सम्भावना रहेको कार्यदलका संयोजक डा भण्डारीले बताउनुभयो ।

सहरी वन व्यवस्थापनमा पूर्वाधारको अभाव, मानवीय अतिक्रमण, जनचेतनाको कमी, कानुनी जटिलता, जनशक्ति अभाव, प्राविधिक उपकरणको अभाव, अन्तर निकाय समन्वयको अभाव र मौजुदा व्यवस्था कार्यान्वयनको कमजोर अवस्थालगायत चुनौती रहेको कार्यदलले औँल्याएको छ ।

कार्यदलले अध्ययनका क्रममा वृक्षरोपण व्यवस्थापन तथा संरक्षण रणनीति अन्तर्गत बिरुवा रोप्ने खाडलको आकार, बिरुवाको आकार, माटो, बिरुवा रोप्ने समय, वृक्षरोपण अभियानमा सिर्जनात्मक तरिका तथा प्रोत्साहनजनक कार्य, मल्चिङ, बिरुवाको नामलगायतको विवरण अभिलेखीकरण, ट्रि गार्ड, सरोकारवालाको निक्र्यौल, सहरी वनलाई सबल बनाउने उपायको अवलम्बन, जनचेतना अभिवृद्धि, दण्ड, जरिवाना र क्षतिपूर्ति लगायतको व्यवस्था गर्न आवश्यक रहेको जनाएको छ ।

महानगर क्षेत्रमा सहरी वनको व्यवस्थापन आवश्यक रहेको र खाली तथा खुला स्थानहरूमा वृक्षरोपण गर्नुपर्ने भएकाले विज्ञहरूको कार्यदल बनाइ सम्भावित सम्भावनाको पहिचान गर्न लागिएको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । हरित सहरको निर्माण केवल हरियालीसँग मात्र नजोडिने भन्दै प्रमुख आचार्यले यो वातावरणीय स्वच्छताप्रति स्थानीय सरकारको प्रतिबद्धतासमेत भएको बताउनुभयो ।

विज्ञहरूको कार्यदलले गरेको अध्ययनले पोखरालाई ‘स्वच्छ सहर: हरित सहरको रूपमा विकास गर्न कोसेढुङ्गाका रूपमा काम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । महानगर क्षेत्रमा दुई लाखभन्दा बढी बिरुवा रोप्ने कार्य महत्वकांक्षी भए पनि आफूहरूले योजनाका साथ काम गर्ने उहाँले बताउनुभयो । सरोकारवालाले भने बिरुवाको छनोट गर्दा आवश्यकता, प्राथमिकता र वातावरणसँग बिरुवाको मिलनका महत्वपूर्ण विषयवस्तुलाई गहन रूपमा विश्लेषण गरिनुपर्ने सुझाव दिएका छन् ।

अध्ययनको कार्य अन्तिम चरणमा पुगेको र प्रतिवेदन छिट्टै महानगरपालिकालाई हस्तान्तरण गरिने संयोजक प्रा डा भण्डारीले बताउनुभयो ।