१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द

प्यालेस्टिनी समर्थक प्रदर्शनकारीद्वारा प्रमुख अमेरिकी शहरमा विमानस्थल राजमार्ग र प्रमुख पुलहरू बन्द
Protesters calling for a cease fire in Gaza shut down southbound traffic on Highway 880 in Oakland, Calif. on Monday, April 15, 2024. (Bronte Wittpenn/San Francisco Chronicle via AP)
अ अ+ अ-

एजेन्सी । प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूले सोमबार अमेरिकी सहर इलिनोइस, क्यालिफोर्निया, न्युयोर्क र प्यासिफिक नर्थवेस्टमा सडक अवरुद्ध गर्नुका साथै अस्थायीरूपमा देशको सबैभन्दा धेरै प्रयोग हुने विमानस्थलहरू, गोल्डेन गेट, ब्रुकलिन पुल र व्यस्त ठाउँहरूमा यात्रा बन्द गरेका छन् ।

आयोजकमध्येका एक रिफ्का फालानेले शिकागोमा प्रदर्शनकारीहरूले काँध मिलाएर एक सय ९० लेन अवरुद्ध पारेकोे बताउनुभयो । उहाँले प्यालेस्टिनीलाई स्वतन्त्र गर्नका लागि यो विश्वव्यापी आर्थिक नाकाबन्दीको हिस्सा रहेको बताउनुभयो ।

प्रदर्शनकारीहरूले गोल्डेन गेट ब्रिजमा सबै सवारी साधन, पैदल यात्री र बाइक ट्राफिकहरू बन्द गरेको र ओकल्यान्डको अन्तरराज्यीय ८८० मा सिमेन्टले भरिएका ५५ ग्यालेन ड्रममा बाँधेर राखेकाले सानफ्रान्सिस्को खाडी क्षेत्रमा ट्राफिक घन्टौँसम्म रोकिएको थियो ।

ब्रुकलिनमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूले ब्रुकलिन ब्रिजमा म्यानहट्टन जाने यातायात अवरुद्ध गरेका थिए । प्रदर्शनकारीले युजिन, ओरेगनका साथै पाँच अन्तरराज्यीय अवरुद्ध गरेर करिब ४५ मिनेटका लागि प्रमुख राजमार्गमा यातायात बन्द गरेका थिए । प्रदर्शनकारीहरूले सबैभन्दा ठूलो ओहेर विमानस्थललाई छनोट गरेका थिए ।

इजराइल र हमासबीचको युद्धमा तत्काल युद्धविरामका लागि प्रदर्शनकारीहरूले आह्वान गरेका थिए । हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको हमलामा करिब एक हजार दुई सय व्यक्तिको मृत्यु भएदेखि शिकागोमा दैनिकरूपमा युद्धविरोधी प्रदर्शन भइरहेका छन् ।

गाजा स्वास्थ्य मन्त्रालयले इजराइली आक्रमणमा ३३ हजार सात सयभन्दा बढी प्यालेस्टिनी मारिएको जनाएको छ । मन्त्रालयले आफ्नो गणनामा नागरिक र लडाकुहरू बीचको भिन्नता नराखेको र मृतकमध्ये दुई तिहाइ महिला र बालबालिका रहेको बताएको छ ।

ओहेर विमानस्थलले सामाजिक सञ्जाल एक्समा यात्रीहरूलाई कार यात्राका साथै यातायातको वैकल्पिक मार्ग प्रयोग गर्न भनेको छ । ट्राफिक जाममा फसेका केही यात्रु आफ्नो कार छाडेर सामान बोक्दै विमानस्थलतर्फ हिँडेका थिए ।

शिकागो उड्डयन विभागले १५ मिनेटभन्दा कमको ढिलाइका साथ विमानस्थल सञ्चालनमा आएको जनाएको छ । ओहेरतर्फको ट्राफिक बिहान करिब ९ बजे सञ्चालनमा आएको थियो ।

सिएटल नजिकै वासिङ्टन राज्य यातायात विभागले प्रदर्शनले सिएटल–टाकोमा अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य सडक बन्द गरेको बताएको छ । सामाजिक सञ्जाल पोष्टहरूले राजमार्गमा उभिएर ब्यानर बोकेका र प्यालेस्टिनी झण्डा फहराएको देखाएका छन् । सडकहरू करिब तीन घण्टापछि खुला भएका थिए ।

क्यालिफोर्निया राजमार्ग गस्तीका अनुसार गोल्डेन गेट ब्रिज प्रदर्शनमा लगभग २० प्रदर्शनकारी पक्राउ परेका छन् । अधिकारीहरूले अन्तरराज्यीयमा दुईवटा विन्दुमा उनीहरूलाई पक्राउ गरेका हुन् ।