१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

छोरी सुहानाको फिल्ममा शाहरुखले गरे २०० करोड लगानी

छोरी सुहानाको फिल्ममा शाहरुखले गरे २०० करोड लगानी
अ अ+ अ-

एजेन्सी । हाल बलिउडका किंग शाहरुख खान सुजोय घोषको एक्शन फिल्म ‘किंग’ मा काम गरिरहेका छन् । उनकी छोरी सुहाना खान पनि यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।

यस फिल्मलाई शाहरुखले आफ्नो ब्यानर रेड चिलीज इन्टरटेनमेन्टमा निर्माण गर्दैछन् । भारतीय मिडिया रिपोर्टका अनुसार शाहरुखले प्रि-प्रोडक्सन चरणमा रहेको यो फिल्ममा २०० करोड रुपैयाँ लगानी गरेका छन् ।

बलिउड हंगामाको एक रिपोर्ट अनुसार, ‘किंग’ शाहरुखको महत्वाकांक्षी एक्शन फिल्म हो। यो चलचित्रको प्रि-प्रोडक्सनमा विगत एक वर्षदेखि टिमले काम गरिरहेको छ । शाहरुख आफैंले छोरीको डेब्यु फिल्मलाई ठूलो बनाउन कुनै कसर बाँकी राखेका छैनन् ।

स्रोतका अनुसार ‘किंग’सँग सम्बद्ध फिल्म निर्माता सिद्धार्थ आनन्दले अहिले केही अन्तर्राष्ट्रिय स्टन्ट निर्देशकलाई बोर्डमा ल्याउने प्रयास गरिरहेका छन् ।

सिद्धार्थ शाहरुखसँग मिलेर यो फिल्मलाई ग्लोबल एक्शन थ्रिलर बनाउने काम गरिरहेका छन् । उनले अन्तर्राष्ट्रिय स्टन्ट विज्ञहरूसँग फिल्मको स्टन्ट डिजाइन गर्दैछन् र भिएफएक्सको सहयोगमा यसलाई वास्तविक टच दिन व्यस्त छन्।

‘किंग’ को छायांकन यसै वर्षको मेबाट सुरु हुनेछ । यसको ५ महिनामा छायांकन गरी अर्को वर्षको दोस्रो हाफमा रिलिज गर्ने निर्माण पक्षको योजना छ ।

सुहानाले गत वर्ष नेटफ्लिक्समा रिलिज भएको फिल्म ‘द आर्चिज’ बाट ओटीटी डेब्यू गरेकी थिइन् । फिल्ममा उनी वेरोनिकाको भूमिकामा देखिएकी थिइन् । यसका लागि उनले एउटा गीत पनि गाएका छन् ।

यस फिल्मका अलावा शाहरुखले आफ्नो छोरा आर्यन खानलाई निर्देशन गर्दै डेब्यू वेब सिरिज ‘स्टारडम’ को सुपरिवेक्षण गरिरहेका छन् ।

वर्कफ्रन्टमा, शाहरुख अन्तिम पटक डिसेम्बर २०२३ मा रिलिज भएको ‘डकी’मा देखिएका थिए। उनले यसै वर्षको अन्त्यसम्ममा ‘पठान २’ को छायांकन सुरु गर्न सक्नेछन् ।