१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

नागढुंगा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज बन्छ: प्रधानमन्त्री

नागढुंगा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज बन्छ: प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वाधार विकासमा नागढुंगा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने दाबी गर्नुभएको छ ।

सोमवार नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेक–थ्रु’गर्दै प्रधानमन्त्री दाहालले यस्तो दाबी गर्नुभएको हो । उहाँले नेपालको भौगोलिक बनोटका आधारमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिनको लागि नागढुंगा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने बताउनु भयो । प्रधानमन्त्री दाहालले नागढुंगा सुरुङमार्ग निर्माणले पूर्णता पाएसँगै नेपाल सुरुङ युगमा प्रवेश गरेको बताउनु भयो ।

उहाँले सुरुङ मार्गको ‘ब्रेक–थ्रु’ भएर निर्माण सम्पन्न भएपश्चात नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक,सडक सुरक्षाका हिसावले कायम रहेको जोखिम, वर्षा याममा हुने पहिरोको उच्च जोखिम लगायतका समस्या समाधान गर्नका लागि यो आयोजनाको परिकल्पना गरिएको बताउनु भयो । उहाँले सुरुङ मार्ग निर्माणपश्चात सुरुङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालनको खर्च घटाउने बताउनु भयो । ट्राफिक र सडक सुरक्षामा सुधार गरी काठमाडौं र देशका अन्य प्रमुख शहरहरु बीचको सहज यातायाता सञ्जालमा योगदान पुर्‍याउने उहाँको भनाई छ ।

प्रधानमन्त्री दाहालले आगामी योजनामा राष्ट्रिय राजमार्गहरुमा सुरुङ मार्ग,फ्लाइओभर तथा अण्डरपास सहितको आधुनिक सडक सञ्जाल बिस्तार तथा निर्माण गर्ने सरकारको नीति रहेको बताउनु भयो । उहाँले सुरुङ निर्माणमा नेपाली र जापानका इन्जिनियरहरुबीचमा जस्तो सहकार्यले नेपाली इन्जिनियरहरुले पनि आउने दिनमा सुरुङ मार्ग निर्माणमा महत्वपूर्ण योगदान गर्ने बताउनु भयो । उहाँले सडक सञ्जालको माध्यमबाट अन्तरआवद्धता बिस्तार गरी आवागमनमा सहजता,यातायात लागतमा न्युनता र प्रादेशिक सन्तुलन कामय गर्ने गरी सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्यमा रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण कार्य समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै प्रत्यक्ष रूपमा आयोजनाको समस्या समाधान र सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आयोजनाहरूको ‘भर्चुअल मनिटरिङ’ गरिरहेको बताउनु भयो । उहाँले सुनकोशी मरिन डाइभर्सन सिंचाई आयोजनाको पनि सुरुङ छिट्टै ‘ब्रेक–थ्रु’ हुने उल्लेख गर्नुभयो । उहाँले निर्माणाधीन कोशी, कर्णाली करिडोरहरूले पहाडी क्षेत्रलाई तथा काठमाडौं तराई–मधेस फास्ट ट्रयाकले पहाड मधेसलाई सडक सञ्जालमा जोड्ने मात्र नभएर वस्तु तथा सेवाको लागत घटाउने बताउनु भयो । प्रधानमन्त्री दाहालले यस्ता परियोजनाहरूले नेपालको आर्थिक क्षेत्रमा गुणात्मक योगदान गर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नयाँ वर्षको सुरुवातसँगै नेपालकै पहिलो ऐतिहासिक सुरुङ मार्गको मुख्य सुरुङको ब्रेक थु्र गर्न पाउँदा हर्ष र गर्व लागेको छ । पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम उकालो सडक,सडक सुरक्षाका हिसावले कायम रहेको जोखिम सार्थ वर्षायाममा हुने पहिरोको उच्च जोखिम लगायतका समस्या समाधान गर्नका लागि यो आयोजनाको परिकल्पना गरिएको हो । फलस्वरुप सुरुङ मार्ग निर्माणपश्चात सुरुङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालनको खर्च घटाउनेछ । साथै ट्राफिक र सडक सुरक्षामा सुधार गरी काठमाडौं र देशका अन्य प्रमुख शहरहरु बीचको सहज यातायाता सञ्जालमा योगदान पुर्‍याउनेछ । यस सुरुङ मार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरुङ सम्बन्धि दस्ताबेज निर्माण हुनेछ । यसले नेपाललाई सुरुङ युगमा टनेलको एउटा नयाँ युगमा पुर्‍याउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’

‘आगामी योजनामा राष्ट्रिय राजमार्गहरुमा सुरुङ मार्ग,फ्लाइओभर तथा अण्डरपास सहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने सरकारको नीति रहेको छ । सुरुङमा निर्माणमा नेपाली र जापानका इन्जिनियरहरुबीचमा जस्तो सहकार्य भएको छ । त्यसले नेपाली इन्जिनियरहरुले पनि आउने दिनमा सुरुङ मार्ग निर्माणमा महत्वपूर्ण योगदान गर्नेछन् । सडक सञ्जालको माध्यमबाट अन्तरआवद्धता विस्तार गरी आवागमनमा सहजता यातायात लागतमा न्युनता,भौगोलिक तथा जनसाङखिक निकटता र प्रादेशिक सन्तुलन कामय गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरुङमार्ग निर्माणले ठूलो भुमिका खेल्ने विश्वास लिएको छु । राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका विकास योजनाहरु समयमा नै सम्पन्न गर्ने सरकारले हर प्रयास र मेहनत गरिरहेको छ । त्यसको लागि प्राधनमन्त्री कार्यालयबाट आयोजनाहरुको भर्चुल नियमन गर्दै आएको छु । सुनकोशी मरिण सिंचाई आयोजनाको पनि छिटै ब्रिक थु्र हुन गईरहेको छ । यस्ता आयोजनाहरुले नेपालको आर्थिक क्षेत्रमा गुणात्मक योगदान गर्ने विश्वास छ ।’

उहाँले नेपालले पूर्वाधार विकाससँगै औद्योगिक विकासको क्षेत्रमा सँगसँगै अगाडि बढाउनुपर्ने जिम्मेवारी रहेको बताउनु भयो । उहाँले वस्तुको आपूर्ति तथा वितरणमा हुने लागत, इन्धन, समय आदिको लाग्ने खर्च घटाउँदै प्रतिष्पर्धी क्षमता बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले काठमाडौंबाट नारायणगढ, भैरहवा, वीरगञ्ज, पोखरा विराटनगर लगायतका ठाउँसम्म कम समय र थोरै लागतमा ढुवानी हुनसक्ने द्रुतमार्गहरू बनाउनुपर्ने बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट निजी क्षेत्रलाई उत्साहित बनाउने र नेपालमा ठूला पूर्वाधार विकासमा लगानी आकर्षित गराइने बताउनु भयो ।