१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलमानको घरमा गोली चलाउनेमा रोहित गोदारा गिरोह



अ+ अ-

एजेन्सी । आइतबार (अप्रिल १४) बिहान मुम्बईको बान्द्रा वेस्टमा रहेको सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा गोली चलेको थियो । यस घटनामा प्रहरीले गोली चलाउने र गराउने व्यक्तिको बारेमा ठोस जानकारी पाएको छ ।

गोली प्रहारको जिम्मेवारी लरेन्स ग्याङका अनमोल बिश्नोई, गोल्डी बरार र रोहित गोदाराले लिएका छन् । सोही क्रममा सलमानको घर बाहिर गोली चलाउने व्यक्ति विशाल उर्फ ​​कालु रोहित गोदारा गिरोहका हुन् ।

सलमानको घर बाहिर गोली चलाउने दुई आक्रमणकारीको तस्विर सार्वजनिक भएको छ । एक आक्रमणकारी कालो र सेतो टी(सर्टमा देखिन्छन्, जबकि अर्को रातो टी(सर्टमा । यससँगै २९ फेब्रुअरी २०२४ को सीसीटीभी फुटेज पनि फेला परेको छ, जुन हरियाणाको रोहतकमा रहेको ढाबाको हो ।

मुम्बईमा सलमानको घर अगाडि भेटिएको सीसीटीभी फुटेजमा देखिएका व्यक्तिको अनुहारसँग यो शूटर कालुको अनुहार मिल्छ । सलमान खानको घर बाहिर कालु उर्फ ​​विशाल राहुलले गोली चलाएको आशंका छ ।

यसअघि आइतबार एक फेसबुक पोस्टमा अमेरिकामा लुकेर बसेका ग्याङ्गस्टर अनमोल बिश्नोईले पुरानो दुश्मनीका कारण सलमान खानको घरमा गोली चलाएको लरेन्स बिश्नोई गिरोहले गरेको स्वीकार गरेका थिए ।

को हुन् विशाल राहुल उर्फ ​​कालु ?
कालु राजस्थानका कुख्यात ग्याङ्स्टर रोहित गोदाराका विशेष शूटर हुन् । रोहित गोदरा लरेन्स गिरोहसँग सम्बन्धित छन् ।

कालुले हालै रोहतकका स्क्र्याप व्यवसायी सचिन गोडाको हत्या गरेका थिए, जसको सीसीटीभी फुटेज र हत्याको जिम्मेवारी लिने पोस्ट पनि सोशल मिडियामा जारी गरिएको थियो ।

गुरुग्राम निवासी कालुले १० कक्षासम्म पढेका छन् । उनी विरुद्ध गोली हानाहान, मोटरसाइकल चोरी लगायतका कैयौं आपराधिक मुद्दा दर्ता छन् ।