६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितको रेकर्डः सचिन र रैनालाई पछि पारे, टी-२० मा ५०० छक्का हाने



अ+ अ-

एजेन्सी । आइतबार वानखेडे मैदानमा रोहित शर्माले ब्याटिङबाट निकै तहल्का मच्चाएका थिए । हिटम्यानले धेरै चौका र छक्का प्रहार गरे । रोहितले ३० बलमा अर्धशतक पूरा गरेका थिए ।

योसँगै रोहितले आईपीएलमा १२ वर्षपछि ६१ बलमा शतक बनाए । हिटम्यानले आफ्नो इनिङ्समा धेरै ठूला कीर्तिमान बनाए । रोहित ओपनरका रूपमा मुम्बईका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । तर, उनले मुम्बईलाई जित दिलाउन भने सकेनन् ।

२०७ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सलाई रोहित शर्माले तुफानी सुरुवात गराए । रोहित र इशान किशनले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे । इशान प्याभिलियन फर्किएपछि पनि हिटम्यानले चौका र छक्का प्रहार गर्न जारी राखे । रोहितले ६३ बलमा १०५ रनको यादगार इनिङ खेले । रोहितले १२ वर्षसम्म आईपीएलमा शतक प्रहार गरेका थिएनन् । यस इनिङ्समा उनले ११ चौका र पाँच छक्का प्रहार गरे ।

रोहितको कीर्तिमान
रोहित शर्मा मुम्बई इण्डियन्सका लागि ओपनिङ ब्याट्सम्यानका रुपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । रोहितले यस मामिलामा सचिन तेन्दुलकरलाई पछाडि छोडेका छन् । मुम्बईका लागि सचिनले ओपनरका रूपमा २४९२ रन बनाएका थिए । रोहित अब सचिनभन्दा अगाडि छन् ।

रोहित शर्माले आफ्नो इनिङ्समा ५ छक्का प्रहार गरेका थिए । योसँगै रोहितले टी–२० क्रिकेटमा ५ सय छक्का पनि पुरा गरेका छन् । हिटम्यान टी–२० क्रिकेटमा ५०० छक्का प्रहार गर्ने पहिलो भारतीय ब्याट्सम्यान पनि बनेका छन् । यो सूचीमा दोस्रो स्थानमा विराट कोहलीको नाम छ, जसले ३८३ छक्का प्रहार गरेका छन् ।

रोहित मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको प्रतिस्पर्धामा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । रोहितले यस मामिलामा सुरेश रैनालाई पछाडि छोडेका छन् । रोहितले खेलमा आफ्नो १२ औं रन जोडेर रैनालाई पछि पारे ।