७ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार रवि प्रहरीको निगरानीमै, प्रतिवाद गर्ने चेतावनी नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल प्रधानमन्त्री ओेली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ?
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहितको रेकर्डः सचिन र रैनालाई पछि पारे, टी-२० मा ५०० छक्का हाने



अ+ अ-

एजेन्सी । आइतबार वानखेडे मैदानमा रोहित शर्माले ब्याटिङबाट निकै तहल्का मच्चाएका थिए । हिटम्यानले धेरै चौका र छक्का प्रहार गरे । रोहितले ३० बलमा अर्धशतक पूरा गरेका थिए ।

योसँगै रोहितले आईपीएलमा १२ वर्षपछि ६१ बलमा शतक बनाए । हिटम्यानले आफ्नो इनिङ्समा धेरै ठूला कीर्तिमान बनाए । रोहित ओपनरका रूपमा मुम्बईका लागि सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । तर, उनले मुम्बईलाई जित दिलाउन भने सकेनन् ।

२०७ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सलाई रोहित शर्माले तुफानी सुरुवात गराए । रोहित र इशान किशनले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे । इशान प्याभिलियन फर्किएपछि पनि हिटम्यानले चौका र छक्का प्रहार गर्न जारी राखे । रोहितले ६३ बलमा १०५ रनको यादगार इनिङ खेले । रोहितले १२ वर्षसम्म आईपीएलमा शतक प्रहार गरेका थिएनन् । यस इनिङ्समा उनले ११ चौका र पाँच छक्का प्रहार गरे ।

रोहितको कीर्तिमान
रोहित शर्मा मुम्बई इण्डियन्सका लागि ओपनिङ ब्याट्सम्यानका रुपमा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । रोहितले यस मामिलामा सचिन तेन्दुलकरलाई पछाडि छोडेका छन् । मुम्बईका लागि सचिनले ओपनरका रूपमा २४९२ रन बनाएका थिए । रोहित अब सचिनभन्दा अगाडि छन् ।

रोहित शर्माले आफ्नो इनिङ्समा ५ छक्का प्रहार गरेका थिए । योसँगै रोहितले टी–२० क्रिकेटमा ५ सय छक्का पनि पुरा गरेका छन् । हिटम्यान टी–२० क्रिकेटमा ५०० छक्का प्रहार गर्ने पहिलो भारतीय ब्याट्सम्यान पनि बनेका छन् । यो सूचीमा दोस्रो स्थानमा विराट कोहलीको नाम छ, जसले ३८३ छक्का प्रहार गरेका छन् ।

रोहित मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सबीचको प्रतिस्पर्धामा सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । रोहितले यस मामिलामा सुरेश रैनालाई पछाडि छोडेका छन् । रोहितले खेलमा आफ्नो १२ औं रन जोडेर रैनालाई पछि पारे ।