• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु

पर्यटकको पर्खाइमा भिमादको सिद्ध गुफा (फोटोफिचर)



तनहुँ । तनहुँको भिमाद नगरपालिकामा रहेको सिद्ध गुफा ओझेलमा परेको छ  । प्राकृतिक सुन्दरताले भरिपूर्ण सिद्ध गुफाको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको हो ।

गुफा भित्र प्रवेश गर्नेवित्तिकैको पहिलो तलामा झन्डै ३ सयजना बस्न मिल्छ । गुफाभित्र चुन पग्लेर बनेको भगवानका आकृति छन् । तीन तलासम्म मज्जाले हिंड्डुल गर्न मिल्छ । सुरुमा यो गुफा ९ तलासम्म रहेको बताइन्छ । प्रत्येक तलाहरु आकर्षक चित्रात्मक कलाले भरिपूर्ण छन् । गुफाभित्र प्राकृतिक रुपमै बनेका मानव अस्थिपञ्जर, पशु शरीरका आकृति, भगवानका मूर्तिका आकृतिहरु देख्न सकिन्छ ।

गुफा नजिकै चमेरो गुफा पनि छ । चमेरो गुफा ३ किलोमिटर लामो छ । यो नेपालकै लामो भएको बताइन्छ । चमेरो गुफाभित्र पातालगंगा रहेको छ ।

सिद्ध गुफा र चमेरो गुफाको बीचमा हावाको लहरी चल्छ । यो नै सिद्ध गुफा र चमेरो गुफाको अनुपम रहेको छ ।

कसरी पुग्न सकिन्छ ?
पाल्पा, स्याङ्जा, नवलपरासी र तनहुँ जिल्लाको व्यापारिक केन्द्र भिमाद बजारदेखि ४ किमि पश्चिममा रहेको यो गुफा वडा नं ९ मा पर्दछ । पृथ्वी राजमार्गको खैरेनीटारबाट ७ किमि दक्षिणमा रहेको भिमाद बजारको पश्चिमतर्फ बगेको जिदीखोलामा पुगेपछि मिर्दी – भिमाद मोटरमार्ग र सिद्ध गुफा मोटरमार्ग छुट्टीन्छ । जिदीखोलाको किनार किनार पश्चिम गएपछि भिमाद ९ धन्दुर मरुवा चौतारी पुगिन्छ । यहीँबाट सिद्धगुफा क्षेत्र आरम्भ हुन्छ । यस सिद्ध गुफाको चारैतिर हरियो जंगल छ ।