२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु

राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु
अ अ+ अ-

एजेन्सी । हेलिकप्टर दुर्घटनामा मारिएका दिवंगत इरानी राष्ट्रपति इब्राहिम रइसीको अन्त्येष्टि समारोह मङ्गलबारदेखि सुरु भएको छ ।

राज्य सञ्चालित नेटवर्क प्रेस टिभीको फुटेजमा हेलिकप्टर दुर्घटनास्थल उत्तरपश्चिमी सहर तब्रिजमा राष्ट्रपति रइसी र उहाँको साथीहरूको अन्त्यष्टी जुलुसमा सहभागी हुनेको ठूलो भीड रहेको देखाइएको छ ।

राष्ट्रपति रइसीको अन्त्येष्टि मे २३ मा देशको उत्तरपूर्वी सहर मशहादमा हुने उपराष्ट्रपति मोहसेन मन्सुरीले घोषणा गर्नुभयो । इमाम रेजाको समाधिमा बिहीबार साँझ अन्तिम संस्कार गरिने उहाँले बताउनुभयो । मुख्य तीर्थस्थलमध्ये एक इमाम रेजा राष्ट्रपति रायसीको गृहनगर मशहदमा अवस्थित छ । मृतकका शव पवित्र सहर कोमको पवित्र तीर्थस्थलबाट जमकरन मस्जिदमा पठाइनेछ, त्यसपछि राजधानी तेहरान लगिनेछ ।

तेहरानको ग्रान्ड मोसल्लाह मस्जिदमा बुधबार ठूला समारोह आयोजना गरिएको छ । त्यसपछि राष्ट्रपति रइसीको पार्थिव शरीरलाई मशहदको ऐतिहासिक इमाम रेजा मन्दिरमा सारिनेछ जहाँ इरानका सर्वोच्च नेता आयातोल्लाह खमेनीले प्रार्थना गर्नुहुनेछ । खमेनीले सोमबार पाँच दिनको शोकको घोषणा गर्नुभएको हो र देशभरका कार्यालय बन्द गरी सार्वजनिक बिदाको घोषणा गरिएको छ ।

इरानले जुन २८ मा राष्ट्रपति रायसीको उत्तराधिकारीका रूपमा नयाँ राष्ट्रपति चयन गर्ने सरकारी मिडियाले जनाएको छ । न्यायपालिका, सरकार र संसदका प्रमुखको बैठकको निर्णयले राष्ट्रपति रइसीको उत्तराधिकारी चयनका लागि मतदान गर्ने निर्णय गरेको हो । उम्मेदवारी दर्ता मे ३० देखी जुन ३ सम्म हुने र चुनावी अभियान अवधि जुन १२ देखि २७ सम्म हुने राज्य सञ्चालित समाचार एजेन्सी इरनाले मङ्गलबार जानकारी गराएको छ ।

साथै, हेलिकप्टर दुर्घटनाको अनुसन्धान सुरु भएको छ । इरानी सशस्त्र बलका चिफ अफ स्टाफ मेजर जनरल मोहम्मद बघेरीले मुद्दाको अनुसन्धान गर्न उच्चस्तरीय प्रतिनिधिमण्डल नियुक्त गरेको सरकारी मिडियाले जनाएको छ । ब्रिगेडियर अली अब्दुल्लाहीको नेतृत्वमा प्रतिनिधिमण्डललाई घटनास्थलमा पठाइएको, अनुसन्धान सुरु भइसकेको र मिसन पूरा भएपछि अनुसन्धानको नतिजा घोषणा गरिने इरनाले जनाएको छ ।

इरानको संविधानअनुसार सर्वोच्च नेता आयातोल्लाह खामेनीले इरानका प्रथम उपराष्ट्रपति मोहम्मद मोखबरलाई देशको कार्यवाहक राष्ट्रपतिको रूपमा नियुक्त गर्नुभएको छ ।

मे १९ मा उत्तरपश्चिमी इरानको दुर्गम क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा ६३ वर्षीया राष्ट्रपति रइसी, विदेश मन्त्री हुसेन अमिराबदोल्लाहियान र अन्य सात जनाको मृत्यु भएको थियो । इरानमा सन् २०२५ मा राष्ट्रपतीय निर्वाचन हुने तय भएको थियो । उपराष्ट्रपति मोहम्मद मोखबरलाई अन्तरिम जिम्मेवारीमा नियुक्त गरिएको छ र इरानको मन्त्रिपरिषद्ले उपविदेश मन्त्री अली बघेरी कानीलाई कार्यवाहक विदेशमन्त्रीको रूपमा नियुक्त गरेको छ ।