१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटको लागि स्थगित



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक १५ मिनेटको लागि स्थगित गरिएको छ ।

आजको बैठक सुरु हुनेवित्तिकै कांग्रेसका सांसदहरूले आसनबाट उठेर नाराबाजि गरेका थिए ।

कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेपछि सभामुखले आज प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले विषयसूची अनुसार छलफल र मतदानमा लैजाने वातावरण बनाउन अनुरोध गरेका थिए ।

सभामुखले आग्रह गरेपनि उनीहरूले बेल घेर्दै नाराबाजि जारी राखेपछि बैठक १५ मिनेटको लागि स्थगित गरिएको हो ।

तस्बिर : प्रदीपराज वन्त