• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज ★   जोमसोम–कागबेनी सडक कालोपत्र गरिँदै ★   कैलाश सिरोहियालाई बिहान जनकपुर पुर्‍याइयो, म्याद थपका लागि आजै अदालत लगिँदै ★   के बैंगलोरले लगातार सात खेल जित्न सक्ला ? राजस्थानलाई बटलरको अभाव खड्किनेछ ★   दमौली आगलागी घटनाः रु सात करोड बराबरको क्षति ★   सिरोहियालाई पक्राउ गरिएकोप्रति देउवा, भट्टराई र लिङ्देनको आपत्ति ★   हैदराबादलाई हराउँदै कोलकाता चौंथोपटक आईपीएलको फाइनलमा ★   कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई धनुषा लगियो ★   क्रुसले रियल मड्रिड छाड्ने ★   राष्ट्रपति रइसीको अन्त्येष्टि समारोह सुरु

पार्टीको अनुमति बिना विदेश नजान एमालेका सांसदहरुलाई ओलीको निर्देशन



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

सोमवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले पार्टीको अनुमति बिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराउनुभएको हो । पार्टी संसदीय दलका नेता समेत रहनुभएका ओलीले पार्टीका प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्रै सांसदहरुले विभिन्न कार्यक्रममा जान सक्ने बताउनु भयो ।

विगतमा सांसदहरुले रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुन: सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त पेश गर्दै त्यसो हुन नदिनका लागि पनि सांसदहरुले पार्टी संसदीय दलको परामर्शमा मात्रै विदेश जान उपयुक्त हुने ओलीको भनाई थियो । अध्यक्ष ओलीले सहकारीलगायतका ठगीमा पनि सांसदहरु संलग्न रहेको उल्लेख गर्दै त्यसमा नसफस्नका लागि पनि पार्टीका सांसदहरु सावधानी अपनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समितिका बैठकहरुमा हाम्रो भुमिका एफसेन्ट होइन, एफसेन्ट कारण चाहिन्छ । र माननीयजीहरु कहाँ हुनुहुन्छ भन्ने कुरा प्रमुख सचेतक र सचेतकलाई स्पष्ट जानकारी हुनुपर्दछ । माननीयहरु कहाँ हुनुहुन्छ ? बिना इजाजत विदेश जाने गरिएको छ भने त्यो बन्द गरिदिउँ । विना इजाजत विदेश भयो भने त्यसले सन्देश पैदा गर्छ कसको निमन्त्रणामा गएको हो भनेर । हाम्रै पनि साथीहरु, अरु पटीका पनि साथीहरु विना कसुर पनि, बिना दोष पनि अरुको फसाईमा फसेर कोही रातो पासपोर्ट काण्डमा परेका छन् । अर्को पटक उम्मेदवार पाएका छैनन् । त्यस्तो भएको छ । कारबाहीमा पर्नुपरेको छ । त्यसकारण यस्ता कुराहरुमा पार्टीलाई इन्फम गरायो भने पार्टीले बचाउँछ, जोगाउँछ । गल्ती हुनबाट जोगाएपछि सबै कुराबाट जोगिन्छ ।’

‘पार्टीलाई जानकारी नगराई क्रियाकलाप गर्न खोजियो भने अनेक अपm्ठयाराहरुको फेला परिन्छ । आज सहकारीको नाममा ठगीहरु, ठगहरु तपाई हामीले देखेका छौं । अर्वौका ठग । त्यसकारण ठगहरु पनि छन । त्यो कुरा ख्याल राख्नुपर्छ । म सबै कुरा बुझीहाल्छु भन्ने होइन । नबुझ्न सकिन्छ । त्यसकारण कमसेकम दलका प्रमुख सचेतक उहाँहरुलाई जानकारी गराउनु पर्छ यस्तो निम्ता आएको छ । कस्तो निम्ता, कहाँको निम्ता, जान मिल्ने हो कि होइन ? मिल्ने परिस्थिति छ कि छैन ? कहिले कहिले प्रदेशसभामा यस्तो देखिएको छ । यही पनि त्यस्तो देखिएको छ । को–को सदस्यहरु बाहिर हुनुहुन्छ ? थाहा हुँदैन । पछि कुनै प्रकारले फस्नुभयो भने पार्टीलाई पछि नभने पनि हुन्छ । आफैँ सावधान रहनुपर्छ । ’

अध्यक्ष ओलीले कुनैपनि सांसदले पार्टीको अनुमति बिना कुनै कसुर गरेमा पार्टी जवाफदेही नहुने पनि बताउनु भयो ।