९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

टोकियो बाट अन्यत्र बसाइ सर्नेको संख्यामा वृद्धि

टोकियो बाट अन्यत्र बसाइ सर्नेको संख्यामा वृद्धि
अ अ+ अ-

जापान  ।  विश्वको सबै भन्दा महँगो शहर भनेर चिनिने जापानको राजाधानी टोकियो बाट अन्यत्र बसाइ सरेर जानेको संख्या बढेको छ । जापानको संचार मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार सन २०२० मा टोकियो छोडेर अन्यत्र बसाइ सर्नेको संख्यामा भारी वृद्धि भएको हो । सन २०२० मा ४ लाख १ हजार ८०५ जनाले टोकियो छोडेको मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।

यो संख्या सन २०१९ को तुलनामा ४.७ प्रतिशतले बढी हो भने सन २०१४ पछिको अत्याधिक । कोरोना सक्रमणका कारण टोकियो छोड्नेहरु बढेको अधिकारीहरुले बताएका छन् । सक्रमण बढ्दै जानु र आपतकाल पनि लामो समय लगाइनुले पनि मानिसहरु अन्यत्र बसाइ सरेको सरकारी अधिकारीहरुको अनुमान छ । टोकियो छोड्नेहरुको संख्या बढ्दै गर्दा बसाइ सरेर टोकियो आउनेहरुको संख्या पनि ह्वात्तै घटेको तथ्याङ्कले देखाएको छ । सन २०२० मा ३१ हजार १२५ मानिसहरु बसाइ सरि टोकियो छिरेका छन् जबकी सन २०१९ टोकियो बसाइ सर्नेको संख्या ८ लाख २ हजार ९८२ थियो ।

टोकियो छेउका खानागावा र साइतामा प्रिफेक्चरमा बसाइ सरेर आउनेहरुको संख्या भने बिगतकै तुलनामा छ । तर टोकियो सँगै जोडिएको चिबा प्रिफेक्चरमा भने २०१९ को तुलनामा २०२० मा बसाइ सरेर आउनेहरु बढेका छन । सन २०१९ मा ९ हजार ५३८ जना बसाइ सरि आएकामा सन २०२० म आईपुग्दा  बसाइ सरि चिबा प्रबेश गर्नेको संख्या १४ हजार २७३ पुगेको छ भने ओसाकामा बसाइ सर्नेको संख्या पनि बिगतको भन्दा बढेको छ ।

यता, आइची प्रिफेक्चरमा पनि बसाइ सर्नेहरुको संख्यामा वृद्धि भएको छ । सन २०१९ मा १ हजार ९३१ जनाले आइची प्रिफेक्चर छोडेकोमा २०२० मा अाइपुग्दा ७ हजार २९६ पुगेको छ । कोरोना सक्रमण नियन्त्रण बाहिर जान थाले पछि जापान सरकारले अघिल्लो महिना देखि राजाधानी टोकियो सहित बिभिन्न क्षेत्रमा दोश्रो पटक आपतकाल घोषणा गरेको छ । सरकारको घोषणा सँगै स्थानिय सरकारहरुले पनि घर बाहिर ननिस्कन दैनिक कामकाज अनलाइन बाट गर्न आग्रह गरिरहेको छ ।

यसैबिच फेब्रुअरी ७ सम्मका लागि लगाइएको आपतकाल तत्काल हटाउन नसकिने निष्कर्षमा पुगेको छ । त्यसका लागि विशेषज्ञहरु सँग छलफलको तयारी भैरहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन ।