१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो बाट अन्यत्र बसाइ सर्नेको संख्यामा वृद्धि



अ+ अ-

जापान  ।  विश्वको सबै भन्दा महँगो शहर भनेर चिनिने जापानको राजाधानी टोकियो बाट अन्यत्र बसाइ सरेर जानेको संख्या बढेको छ । जापानको संचार मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार सन २०२० मा टोकियो छोडेर अन्यत्र बसाइ सर्नेको संख्यामा भारी वृद्धि भएको हो । सन २०२० मा ४ लाख १ हजार ८०५ जनाले टोकियो छोडेको मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।

यो संख्या सन २०१९ को तुलनामा ४.७ प्रतिशतले बढी हो भने सन २०१४ पछिको अत्याधिक । कोरोना सक्रमणका कारण टोकियो छोड्नेहरु बढेको अधिकारीहरुले बताएका छन् । सक्रमण बढ्दै जानु र आपतकाल पनि लामो समय लगाइनुले पनि मानिसहरु अन्यत्र बसाइ सरेको सरकारी अधिकारीहरुको अनुमान छ । टोकियो छोड्नेहरुको संख्या बढ्दै गर्दा बसाइ सरेर टोकियो आउनेहरुको संख्या पनि ह्वात्तै घटेको तथ्याङ्कले देखाएको छ । सन २०२० मा ३१ हजार १२५ मानिसहरु बसाइ सरि टोकियो छिरेका छन् जबकी सन २०१९ टोकियो बसाइ सर्नेको संख्या ८ लाख २ हजार ९८२ थियो ।

टोकियो छेउका खानागावा र साइतामा प्रिफेक्चरमा बसाइ सरेर आउनेहरुको संख्या भने बिगतकै तुलनामा छ । तर टोकियो सँगै जोडिएको चिबा प्रिफेक्चरमा भने २०१९ को तुलनामा २०२० मा बसाइ सरेर आउनेहरु बढेका छन । सन २०१९ मा ९ हजार ५३८ जना बसाइ सरि आएकामा सन २०२० म आईपुग्दा  बसाइ सरि चिबा प्रबेश गर्नेको संख्या १४ हजार २७३ पुगेको छ भने ओसाकामा बसाइ सर्नेको संख्या पनि बिगतको भन्दा बढेको छ ।

यता, आइची प्रिफेक्चरमा पनि बसाइ सर्नेहरुको संख्यामा वृद्धि भएको छ । सन २०१९ मा १ हजार ९३१ जनाले आइची प्रिफेक्चर छोडेकोमा २०२० मा अाइपुग्दा ७ हजार २९६ पुगेको छ । कोरोना सक्रमण नियन्त्रण बाहिर जान थाले पछि जापान सरकारले अघिल्लो महिना देखि राजाधानी टोकियो सहित बिभिन्न क्षेत्रमा दोश्रो पटक आपतकाल घोषणा गरेको छ । सरकारको घोषणा सँगै स्थानिय सरकारहरुले पनि घर बाहिर ननिस्कन दैनिक कामकाज अनलाइन बाट गर्न आग्रह गरिरहेको छ ।

यसैबिच फेब्रुअरी ७ सम्मका लागि लगाइएको आपतकाल तत्काल हटाउन नसकिने निष्कर्षमा पुगेको छ । त्यसका लागि विशेषज्ञहरु सँग छलफलको तयारी भैरहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन ।