• १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
  •   Unicode
Logo
Latest
★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने ★   बेलायतमा नेपाली कन्सर्ट हुँदै ★   आमिर खानले छिट्टै शाहरुख–सलमानसँग फिल्म गर्ने ★   दक्ष जनशक्तिलाई रोजगारदातासँग जोड्ने सिप मेलाको लक्ष्य हो: उपप्रमुख डंगोल ★   अष्पष्ट दृष्टिकोण र निराशाजनक भाष्यबीच अस्तव्यस्त कृषि ★   दक्षिणी चीनमा राजमार्ग भासिँदा कम्तीमा १९ जनाको मृत्यु, दर्जनौं घाइते

आईपीएलमा आज: अन्तिममा रहेको बेंगलुरु र हैदरावाद खेल्दै, यस्तो छ हेड-टु-हेड



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३०औं खेलमा आज रोयल्स च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले सनराइजर्स हैदरावाद (एसआरएच) को सामना गर्दैछ । बेङ्लुरुको एम चिन्नास्वामी स्टेडियममा हुन लागेको अ‍ेल नेपली समयअनुसार बेलुकाको ७:४५ बजेदेखि सुरु हुनेछ ।

बेंगलुरुको यो सातौं खेल हुनेछ । ६ खेलमा १ जित हात पारेको टोली २ अंकसहित अंक तालिकाको पुछारमा छ । अर्कोतर्फ, यो हैदरावादको छैटौं खेल हुनेछ। ५ मध्ये ३ जित निकालेको टोली ६ अंकसहित चौथो स्थानमा छ ।

हेड-टु-हेडमा हैदरावाद अगाडि

आईपीएलमा बेंगलुरु र हैदरावादबीच अहिलेसम्म जम्मा २३ खेल खेलिएका छन् । जसमा एसआरएचले १२ खेल जितेको छ भने आरसीबीले १० खेल जितेको छ । दुई टोलीबीच बैंगलोरमा कुल ८ खेल खेलिएको थियो । जसमा बेंगलुरुले ५ र हैदरावादले २ खेल जितेको छ । एक खेल भने अनिर्णित रह्यो।

विराट कोहली लिगका सर्वाधिक रनकर्ता

बेंगलुरुको लागि स्टार ब्याट्सम्यान विराट कोहलीले सर्वाधिक रन बनाएका छन् । उनी यो सिजन लिगको सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले ६ खेलमा ३१९ रन बनाएका छन् । बलिङमा यश दयाल शीर्ष स्थानमा छन् । उनले ५ विकेट लिएका छन् ।

हैदरावादका कप्तान कमिन्स सर्वाधिक विकेट लिने खेलाडी

हैदरावादका लागि हेनरिक क्लासेनले सर्वाधिक रन बनाएका छन् । उनको नाममा १८६ रन छन् । कप्तान प्याट कमिन्स सर्वाधिक विकेट लिने बलर हुन्, उनको नाममा ६ विकेट छ ।

पिच रिपोर्ट

बेंगलुरुको एम चिन्नास्वामी स्टेडियमको पिच ब्याट्सम्यानका लागि सहयोगी साबित भएको छ । हालसम्म यहाँ ९१ आईपीएल खेल खेलिएका छन् । जसमा पहिले ब्याटिङ गरेको टोलीले ३८ खेल जितेको छ भने लक्ष्य पछ्याउने टोलीले ४९ खेल जितेको छ । यहाँ खेलिएका ४ खेल निर्णायक रह्यो ।

रोयल च्यालेन्जर्स बेंगलुरुको सम्भावित प्लेईङ​ ११:

फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, विल ज्याक, रजत पाटीदार, ग्लेन म्याक्सवेल, दिनेश कार्तिक (विकेटकिपर), महिपाल लोमरोर, रीस टोपले, विजय कुमार वैशाख, आकाश दीप र मोहम्मद सिराज।

इम्प्याक्ट प्लेयर: सौरभ चौहान।

सनराइजर्स हैदरावादको सम्भावित प्लेईङ​ ११:

प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, एडेन मार्कराम, शाहबाज अहमद, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, नितिश कुमार रेड्डी, भुवनेश्वर कुमार, टी नटराजन र मयंक मार्कंडे।

इम्प्याक्ट प्लेयर: जयदेव उनाडकट।