२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगा–सिस्नेखोला सुरूङको आज ब्रेक थ्रु



फाइल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्ने खोलासम्मको निर्माणाधीन सुरुङको आज ब्रेक थ्रु हुने भएको छ ।

नागढुंगा–सिस्नेखोला सुरुङ निर्माण परियोजनाले आज औपचारिक कार्यक्रमका बीच सुरुङको ब्रेक थ्रु गर्न लागिएको जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी हुने छन् ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरूङमार्ग आयोजनाको मुख्य सुरूङको लम्बाइ २ हजार ६६७ मिटर छ । आज दुई मिटर खनेपछि छिचोलिने छ ।

आयोजनाको उद्धार अर्थात् रेस्क्यु सुरूङ गत साउनमै छिचोलिसकिएको छ ।

ब्रेक थ्रु भएलगत्तै सुरुङ सञ्चालनमा भने आउँदैन । आयोजनाको सम्पूर्ण काम सकिएपछि मात्र सवारी साधनलाई गुड्न दिइने छ । आगामी एक वर्षभित्र सबै काम सक्ने तयारी आयोजनाको छ ।

सुरूको सम्झौताअनुसार काम थालिएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै यो आयोजनाको निर्माण पूरा भइसक्नुपर्ने थियो । तर कोरोना महामारी, स्थानीय विवाद तथा सुरूङ खन्ने क्रममा देखिएको प्राविधिक समस्या लगायत कारण आयोजना समयमा निर्माण हुन नसकेको आयोजनाले बताएको छ ।

सुरूङको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडान लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।