• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

लेभरकुसेनलाई इतिहासमै पहिलो पटक बुन्डेसलिगाको उपाधि



काठमाडौँ । बायर लेभरकुसेनले पहिलो पटक जर्मन शीर्ष लिग बुन्डेसलिगाको उपाधि जितेको छ ।

गएराति भएको खेलमा वेर्डर बर्मेनलाई ५-० गोलले हराउँदै लेभरकुसेनले ५ खेल अगावै उपाधि जितेको हो । १९९३ देखि लिगमा भाग लिएको लेभरकुसेनले लगातार ११ उपाधि जितेको बायर्न म्युनिखलाई पछि पार्दै पहिलो पटक उपाधि जित्न सफल रह्यो ।

लेभरकुसेन हालसम्म सबै प्रतियोगितामा (४३ खेल) अपराजित रहेको छ । लेभरकुसेनको २९ खेलबाट ७९ अंक छ । दोस्रो स्थानमा रहेको बायर्नको समान खेलबाट ६३ अंक छ ।