१२ श्रावण २०८३, मंगलवार
,
Latest
नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस गत आर्थिक वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र झापामा मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाताले लखनउविरुद्ध टस जितेर बलिङ रोज्यो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज डबल हेडर (एक दिनमा २ खेल) हुँदैछन् । आजको पहिलो खेल कोलकाता नाइट राइडर्स (केकेआर) र लखनउ सुपर जायन्ट्स (एलएसजी)बीच हुँदैछ ।

यसैबीच, कोलकाताले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा दिउँसो ३ः४५ बजे सुरु हुनेछ । शमर जोसेफ लखनउबाट डेब्यु गर्दैछन् ।

आईपीएलमा हालसम्म कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच ३ खेल खेलिएका छन् । लखनउले सबै खेल जितेको छ । कोलकाताको घरेलु मैदानमा दुई टोलीबीच एउटा मात्र खेल भएको थियो । उक्त रोमाञ्चक खेलमा लखनउ १ रनले विजयी भएको थियो ।