१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केटू हिमाल आरोहण गर्ने पर्वतारोही टोलीलाई पाकिस्तानी दूतावासबाट सम्मान



अ+ अ-

 काठमाडौं ।  नेपालस्थित पाकिस्तानी दूतावासले विश्वको दोस्रो अग्लो हिमाल केटू आरोहण गर्ने नेपाली पर्वतारोहीलाई सम्मान गरेको छ । राजधानीमा सनिबार एक कार्यक्रमका आयोजना गरी दुताबासले आरोही टोलीलाई सम्मान गरेको हो ।

नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले जाडो याममा केटु हिमाल आरोहण गरेर नेपाली आरोहीहरुले  विश्व कीर्तिमानी राखेको भन्दै  उच्च प्रशंसा गर्नुभयो । कार्यक्रममा पाकिस्तानी राजदूत शाहले पर्वतारोही समूहका टिम लिडर   निर्मल पूर्जा सहितको टोलीलाई  पाकिस्तान सरकारका तर्फ बाट मायाको चिनो पनि प्रदान गरेको थियो ।

आरोही टोलीले आरोहणका क्रममा पाकिस्तानी सरकारबाट  पाएको सहयोग साथ र समर्थन प्रति आभार ब्यक्त गर्दे धन्यवाद दिएका थिए ।  निर्मल पूर्जा सहितको १० सदस्यीय टोलीले माघ तीन गते  पाकिस्तानमा रहेको ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल  चढेर विश्व कीर्तिमान कायम गरेको थियो ।