• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
  •   Unicode
Logo
Latest
★   मुस्लिम संघबाट हजयात्रीको बिदाई ★   गृहको कडा एक्सनसँगै सशस्त्र प्रहरीद्वारा दुई महिनामा ५२ किलो सुन बरामद, राजस्व संकलनमा पनि वृद्धि ★   हज का लागि पहिलो टोली साउदी अरब प्रस्थान फोटो फिचर ★   जसपा आधिकारिकता विवादः आयोगको निर्णय यथास्थितिमा राख्ने आदेश ★   घट्यो पेट्रोल ,डिजेल र मट्टितेलको मुल्य ★   क्यानले गर्यो सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्ने बाटो खुला ★   सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको तयारी ★   मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु – सन्दीप लामिछाने ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिन काँग्रेसमाथि सत्तारुढ प्रमुख तीन दलको दबाब ★   जिल्ला अदालतको फैसला उच्चले उल्टायो, सन्दीप लामिछाने निर्दोष ठहर

लखनउविरुद्ध पहिलो जितको खोजीमा कोलकाता



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज डबल हेडर (एक दिनमा २ खेल) सञ्चालन हुँदैछन् ।

आजको पहिलो खेल कोलकाता नाइट राइडर्स (केकेआर) र लखनउ सुपर जायन्ट्स (एलएसजी)बीच हुनेछ । खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

आजको दोस्रो खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्स सँग मुम्बईको वानखेडेमा प्रतिस्पर्धा गर्दैछ । यो खेल बेलुका ७ः४५ बजे सुरु हुनेछ ।

कोलकाताको यो पाँचौं खेल हुनेछ । ४ खेलमा ३ जित हात पारेको टोली ६ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । उसले अन्तिम खेलमा चेन्नई सुपर किंग्ससँग मात्रै हार बेहोरेको थियो ।

अर्कोतर्फ, यो लखनउको छैटौं खेल हुनेछ । ५ खेलमा ३ जित हात पारेको लखनउ ६ अंकसहित चौथो स्थानमा छ । उसले २ खेलमा हार बेहोरेको थियो ।

आईपीएलमा हालसम्म कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्सबीच ३ खेल खेलिएका छन् । लखनउले सबै खेल जितेको छ । कोलकाताको घरेलु मैदानमा दुई टोलीबीच एउटा मात्र खेल भएको थियो । उक्त रोमाञ्चक खेलमा लखनउ १ रनले विजयी भएको थियो ।

कोलकाताले यो सिजन निकै राम्रो सुरुवात गरेको थियो । टोलीले लगातार तीन खेल जितेको थियो । केकेआरले आफ्नो पहिलो खेलमा सनराइजर्स हैदरावादलाई ४ रनले, दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले र तेस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १०६ रनको विशाल अन्तरले पराजित गरेको थियो । टोलीले गत खेलमा चेन्नईसँग सिजनको पहिलो हार बेहोरेको थियो ।

टोलीका कप्तान श्रेयस अय्यर अहिलेसम्म चार खेलसम्म आईपुग्दा पनि लयमा छैनन् । टोलीका लागि सुनिल नारायणले सर्वाधिक रन बनाएका छन् । उनले चार खेलमा १६१ रन बनाएका छन् । बलिङमा वैभव अरोरा शीर्ष स्थानमा छन् । उनले दुई खेलमा मात्रै पाँच विकेट लिएका छन् ।

अर्कोतर्फ यस सिजन लखनउको सुरुवात राम्रो हुन सकेन । टोली आफ्नो पहिलो खेलमा राजस्थान रोयल्ससँग २० रनले पराजित भएको थियो । यसपछि टोलीले पुनरागमन गर्दै लगातार तीन खेल जित्यो । दोस्रो खेलमा पञ्जाब किंग्सलाई २१ रनले, तेस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई २८ रनले र चौथो खेलमा गुजरात टाइटन्सलाई ३३ रनले हराएको थियो । अन्तिम खेलमा भने लखनउ दिल्ली क्यापिटल्ससँग ६ विकेटले पराजित भएको थियो ।

यो खेलमा टिमले फास्ट बलर मयंक यादवको पनि अभाव गर्नेछ । उनलाई यो खेलमा पनि खेल्न गाह्रो छ, उनले पछिल्लो खेलमा पनि पूर्ण रुपमा फिट नभएका कारण खेलेका थिएनन् । टोलीका लागि निकोलस पुरनले सर्वाधिक रन (१७८) बनाएका छन् । दायाँ हाते तेज बलर यश ठाकुरले टोलीका लागि सर्वाधिक विकेट (७) लिएका छन् ।

इडेन गार्डेन रंगशालाको पिच ब्याटिङमैत्री छ । तर, खेलको अन्त्यसँगै स्पिनरहरूलाई पनि मद्धत मिल्छ । यस रंगशालामा हालसम्म ८७ आईपीएल खेल खेलिएका छन् । यहाँ पहिले ब्याटिङ गर्ने टोलीले ३६ खेल जितेका छन् भने पछि ब्याटिङ गर्ने टोलीले ५१ खेल जितेका छन् ।

आज कोलकाताको मौसम निकै तातो हुनेछ । तापक्रम २७ देखि ३७ डिग्रीको बीचमा रहने अनुमान गरिएको छ । खेलको समयमा वर्षाको सम्भावना छैन ।