• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

न्युक्यासलसँग टोटेनहमको लज्जास्पद हार



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले हार बेहोरेको छ । गएराति भएको खेलमा टोटेनहम न्युक्यासल युनाइटेडसँग ४-० गोलले पराजित भएको हो ।

घरेलु टोली न्युक्यासललाई फराकिलो जित दिलाउन अलेक्जान्डर इसाकले २ तथा एन्थोनी गोर्डन र फावियन सारले १ १ गोल गरे ।

यो नतिजासँगै टोटेनहम ३२ खेलबाट ६० अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने न्युक्यासल ५० अंकका साथ छैटौं स्थानमा छ ।

यसैबीच गएराति नै भएका अन्य खेलमा बर्नले र ब्राइटनले १-१ तथा नटिङहम फरेस्ट र वल्भ्सले २-२ गोलको बराबरी खेल्दै अंक बाँड्दा ब्रेन्टफोर्डले शेफिल्डलाई २-० गोलले पराजित गर्यो ।