• २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
  •   Unicode
Logo

एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बने दिपेन्द्र



काठमाडौँ ।नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हान्दै कीर्तिमान राखेका छन् ।

दीपेन्द्र नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बने ।

यसअघि दीपेन्द्रले केही महिनाअघि मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए । तर एकै ओभरमा भने यसरी छक्का हानेका थिएनन् ।

दीपेन्द्रले कतारका कमरान खानविरुद्ध अन्तिम ओभरमा ६ छक्का हानेका हुन् । दीपेन्द्र २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रनमा अविजित रहे ।