• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एसीसी प्रिमियर कप: नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै



Rohit Kumar Paudel (C) of Nepal and Dipendra Singh Airee of Nepal during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Malaysia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 12, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालले शनिबार दोस्रो खेल खेल्दैछ ।

शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले आज शनिबार कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र कतारबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ । शुक्रबार मलेसियाविरुद्धको पहिलो जितपछि नेपालले समूह ‘ए’ मा २ अंक जाडेको छ ।

प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले तेस्रो खेल वैशाख ३ गते हङकङसँग र चौथो खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ । समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स ९युएई० छन् ।

समूहका शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल वैशाख ९ गते हुनेछ । प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–२० एसिया कपका लागि छनोट हुनेछ ।