१२ असार २०८३, शुक्रबार
,
Latest
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य



Virandeep Singh (C) of Malaysia and Sharvin Muniyandy of Malaysia during the ACC Men’s Premier Cup 2024 Group A match between Nepal and Malaysia held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 12, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE
अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई जितको लागि १४४ रनको लक्ष्य दिएको छ ।

ओमनमा जारी प्रिमियर कपमा टस जितेर पहिला ब्याटिङ​ गरेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १४३ रन बनायो ।

मलेसियाका लागि कप्तान भिरनदिप सिंहले सर्वाधिक ६८ रनको अविजित इनिङ खेले । उनले ५५ बलमा ३ चौका र ४ छक्का हिर्काए । यस्तै, शर्भिन मुनियान्डीले ४१ रन जोड्दा मुहम्मद आमिरले १६ रन बनाए । साएद अजिजले ६ रन बनाउदा नज्मुस सकिब ८ रनमा नट आउट रहे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४ ओभरमा १४ रन खर्चिदै २ विकेट लिए । अविनाश बोहोराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।