• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा ★   तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात

व्यवस्था बदलिएपनि कुनै गुणात्मक परिवर्तन हुन सकेन: पूर्वराजा शाह



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कसैले कसैलाई निषेध नगरी सहि चिन्तनको माध्यमबाट निष्कर्षमा पुग्न आग्रह गर्नुभएको छ ।

नयाँ बर्ष २०८१ को उपलक्ष्यमा दिनु भएको शुभकामना सन्देशमा पूर्वराजा शाहले यस्तो आग्रह गर्नुभएको हो ।

सन्देशमा उहाँले नेपालको हालसालको इतिहासमा विधी, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेको जनाउनु भएको छ । उहाँले आज आम नेपालीको चिन्ता यही विषयमा जनाउनु भयो ।

सन्देशको पूर्णपाठ

हामी विक्रम सम्बत २०८० लाई विदाई गरेर यतिखेर २०८१ मा प्रवेश गरेका छौं । नव बर्षको अवसरमा हामी देश तथा विदेशमा रहेबसेका सबै नेपालीहरुको सुख, शान्ति र समृद्धिको मंगलमय शुभकामना प्रकट गर्दछौं ।

नेपालको हालसालको इतिहासमा विधी, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन । आज आम नेपालीको चिन्ता यही विषयमा छ । न देशको गौरब गरिमा बढेको छ , न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ । जान्ने बुझ्ने बुढापाकाहरु अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौंतारिएका छन्। देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु, राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण विषय हो ।

शिक्षा, स्वास्थ्य, इलम, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीकोब्यवस्था खस्किदै जानु आजको विडम्बना हो । उन्नत राजनीतिक विधी विधानले उच्चत्तम उपलब्धि र आसा जगाउन सक्नु पर्दछ । जनतामा उत्साह पैदा गर्न सक्नु पर्दछ । तर हामी कहाँ दाँया बाँया जतापनि लाग्ने, निश्चित गन्तब्य र गतिमा अडान राख्न नसक्नेअस्थिर अवस्थाले आफ्नै आशा आकांक्षा र भरोसा खल्बलिदैगएको छ । यस्तो हुनु राष्ट्रिय चिन्ताको कुरा हो । त्यसैले अब त्यो सबै कुराको पुनरावलोकन गरौं, गम्भिर भएर सोचौं, सबै मिलौं, कसैले कसैलाई निषेध नगरौं र सहि चिन्तनको माध्यमबाट निष्कर्षमा पुगौं मान्छे मानवीय समाज, विविध वर्ग र समुदाय आकार प्रकार शील स्वभावका आधारमा फरक फरक भए पनि – राष्ट्रका साझा सिद्धान्त तथा राष्ट्रलाई उठाउने मूल राष्ट्रिय नीतिमा साझा धारणा र दृष्टिकोण बन्नुपर्छ – स्थिरता, स्थायित्व र निरन्तरता त्यसमा रहनु पर्छ । आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाका प्रति हाम्रो ध्यान केन्द्रित हुनु पर्दछ भन्ने धारणा पनि नेपाली जनमतमा बढ्दै गएको हाम्रो अनुभव छ ।

देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर यो सोच र समझदारी बनाउनका निम्ति हामीलाई नयाँ बर्षलेप्रेरणा प्रदान गरोस्।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्,

जय नेपाल ।
२०८१ साल बैशाख १ गते