• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

मलेसियाविरुद्ध नेपालले टस हार्यो, पहिला फिल्डिङ गर्दै



काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

ओमनमा जारी प्रिमियर कपमा मलेसियाका कप्तानले पहिला टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

ओमानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन रहेको नेपाल मलेशियालाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।

नेपाल उपाधि रक्षा गर्ने लक्ष्यसहित ओमान पुगेको छ । नेपालले शनिबार कतारको सामना गर्दै छ भने बैशाख ३ गते हङकङ र बैशाख ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको समूह ए मा नेपालसहित मलेशिया, साउदी अरेबिया, कतार र हङकङ छन् । त्यस्तै समूह बी मा यूएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत छन् ।

प्रिमियर कपको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

नेपालको प्लेइङ ११:

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा

बेन्चस् प्रतिश जिसी, अनिल शाह, विवेक यादव