३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु हुँदैन: प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु नहुने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सूर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठूलो रहेको उल्लेख गर्दै उहाँले नियन्त्रणको बाटोमा अघि बढ्न सुझाव दिनुभयो ।

उहाँले कुल मृत्युको १९ प्रतिशत मानिस नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले राजनीतिक नेतृत्वहरु पनि गलत कुराको अनुयायी बन्न नहुने बताउनु भयो । उहाँले विश्वका धेरै देशहरुले पूर्ण प्रतिवन्ध गरेर अघि बढेको भन्दै उहाँले यो विषयलाई समाज, राजनीतिक दल संसद र सरकारको विषय बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ठिक कुराको नेतृत्व गर्ने राजनीतिक नेतृत्वले बेठिक कुराको कुनै पनि अनुयायी बन्नु हुँदैन । राजनीतिक नेतृत्व त समाजको अभिभावक हो । भेवका बारेमा हाम्रो समाज अभ्यस्त छैन । सरकारले सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो पनि बनाउनु हुँदैन । यसबाट भएको क्षति ठूलो छ । झन्डै देशको मृत्युदरमा १९ प्रतिशत मानिस मृत्यु भएको तथ्यांक छ । भेवले बालबालिका र युवा पुस्तामा पारेको प्रभाव त छँदैछ । विश्वका धेरै देशहरुले यसलाई रोकेर अघि बढेका छन् । भारतले पनि प्रतिवन्ध गरेको छ । नेपालले पनि प्रतिवन्ध गर्नुपर्छ । यो विषयलाई समाज, राजनीतिक पार्टीहरुको विषय बनाउनुपर्छ, संसद र सरकारको विषय बनाउनुपर्छ । सबै ठाउँको साझा विषय बनेपछि साझा प्रतिवद्धता आउँछ । सिंगो देशको प्रतिवद्धता भएन भने प्रभावकारी ढंगबाट कार्यान्वयनमा जान सक्दैनौँ ।’

प्रमुख सचेतक बर्तौलाले सिंगो देशको प्रतिवद्धता भएमात्रै यस किसिमका समस्या समाधान हुने बताउनु भयो ।