२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु हुँदैन: प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो बनाउनु नहुने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सूर्तीजन्य पदार्थको सेवनबाट भएको क्षति ठूलो रहेको उल्लेख गर्दै उहाँले नियन्त्रणको बाटोमा अघि बढ्न सुझाव दिनुभयो ।

उहाँले कुल मृत्युको १९ प्रतिशत मानिस नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले राजनीतिक नेतृत्वहरु पनि गलत कुराको अनुयायी बन्न नहुने बताउनु भयो । उहाँले विश्वका धेरै देशहरुले पूर्ण प्रतिवन्ध गरेर अघि बढेको भन्दै उहाँले यो विषयलाई समाज, राजनीतिक दल संसद र सरकारको विषय बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘ठिक कुराको नेतृत्व गर्ने राजनीतिक नेतृत्वले बेठिक कुराको कुनै पनि अनुयायी बन्नु हुँदैन । राजनीतिक नेतृत्व त समाजको अभिभावक हो । भेवका बारेमा हाम्रो समाज अभ्यस्त छैन । सरकारले सुर्तिजन्य पदार्थलाई राजश्वको आम्दानीको बाटो पनि बनाउनु हुँदैन । यसबाट भएको क्षति ठूलो छ । झन्डै देशको मृत्युदरमा १९ प्रतिशत मानिस मृत्यु भएको तथ्यांक छ । भेवले बालबालिका र युवा पुस्तामा पारेको प्रभाव त छँदैछ । विश्वका धेरै देशहरुले यसलाई रोकेर अघि बढेका छन् । भारतले पनि प्रतिवन्ध गरेको छ । नेपालले पनि प्रतिवन्ध गर्नुपर्छ । यो विषयलाई समाज, राजनीतिक पार्टीहरुको विषय बनाउनुपर्छ, संसद र सरकारको विषय बनाउनुपर्छ । सबै ठाउँको साझा विषय बनेपछि साझा प्रतिवद्धता आउँछ । सिंगो देशको प्रतिवद्धता भएन भने प्रभावकारी ढंगबाट कार्यान्वयनमा जान सक्दैनौँ ।’

प्रमुख सचेतक बर्तौलाले सिंगो देशको प्रतिवद्धता भएमात्रै यस किसिमका समस्या समाधान हुने बताउनु भयो ।