९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

संसदीय समितिका सभापतिहरुले सुविधाको गाडी अझै फिर्ता गरेनन्

संसदीय समितिका सभापतिहरुले सुविधाको गाडी अझै फिर्ता गरेनन्
अ अ+ अ-

काठमाडौ । अघिल्लो महिना पुसको ५ गते प्रतिनिधिसभा विघटन भयो । प्रधानमन्त्रीको यो अकस्मातको कदमसँगै प्रतिनिधिसभामा रहेका सबै १० वटै विषयगत समिति पनि स्वतः विघटित भए । यसो भएपछि प्रतिनिधिसभाका सांसद र विषयगत समितिका सभापतिहरुको सुविधा पनि खोसिएको छ । तर सचिवालयले संसदका सभापतिहरुलाई सरकारी सुविधास्वरुप उपलब्ध गराएका सवारी साधन भने सभापतिहरुले अझै फिर्ता गरेका छैनन् । 

सरकारले प्रतिनिधिसभा विघटन गरेको आईतबार ४२ दिन पुगेको छ । प्रतिनिधिसभा विघटनसंगै प्रतिनिधिसभाका सांसदहरुको हैसियतले सरकारले उपलब्ध गराउदै आएका सेवा सुविधा पनि खोसिएका छन् । तर प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समितिका सभापति मध्ये ९ जना सभापतिहरुले अझै पनि सभापति भए वापत सरकारले उपलब्ध गराएको सवारी साधन प्रयोग गरिरहेका छन् ।

विघटित प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिहरुमा उद्योग समितिको सभापति राष्ट्रिय जनता पार्टीले र लेखा समितिको सभापति नेपाली कांग्रेसले पाएको थियो । बाँकी ८ वटा समितिका सभापति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले लिएको थियो । पार्टी भित्रको आन्तरिक किचलोमा २ समूहमा विभाजित भएका सत्तारुढ दलका कसैले पनि गाडी फिर्ता गरेका छैनन् । 

अर्थसमितिका सभापति कृष्णप्रसाद दाहाल, अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेल, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति बिमल श्रीवास्तव, कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, कृषि सहकारी तथा प्राकृति श्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठ, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का, शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्ती र सार्वजनिक लेखा समितिका सभापति भरत शाहले संसद विघटनको ४२ दिन पुगिसक्दा पनि सुविधामा पाएको गाडी फिर्ता गरेका छैनन् ।

संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले ९ वटा समितिका सभापतिहरुले अझै पनि गाडी सुविधा प्रयोग गरिरहेको जानकारी दिनुभयो । महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले भने पुस १० गते नै गाडी फिर्ता गर्नुभएको सचिवालयका प्रवक्ता डाक्टर पाण्डेले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा विघटन भएपछि पनि सोही सभा अन्तर्गतका विषयगत समितिका सभापतिको हैसियतले गाडी प्रयोग गर्ने पुर्वसभापतिहरु कोही सरकार विरुद्धको आन्दोलनमा समेत सक्रिय छन् ।

संघीय संसद सचिवालयले सबै समितिको अलग-अलग सचिवालय सहित सभापतिहरुलाई छुटै निजी सचिवालयको सुविधा दिने गर्दछ । समितिका सभापतिहरुले राज्यमन्त्री सरहको सुविधा प्राप्त गर्दछन् । 

अहिले पुर्व सभापतिहरुले नियमित रुपमा सेवा सुविधा नपाए पनि गाडीको दुरुपयोग भने गरिरहेका छन् । दुई वटा चालक, स्वकिय सचिव लगायत पदाधिकारीले पाउने सम्पुर्ण सुविधाहरु पुस ५ गते देखिनै रोकिएको छ । गाडी फिर्ता नगर्ने पुर्व सभापतिहरुले ड्राईभर र तेलको खर्च भने आफै व्यहोरिरहेका छन् । 

प्रतिनिधिसभा विघटन भएकाले सांसद वा विषयगत समितिका सभापतिको हैसियतले सचिवालयले उपलब्ध गराएको सुविधा प्रयोग गरिरहेर पुर्व सभापतिहरुले दुरुपयोग गरेको सचिवालयका प्रवक्ता पाण्डेले बताउनुभयो ।