२२ मंसिर २०८२, सोमबार
,
Latest
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुमराह बने आरसीबीविरुद्ध ५ विकेट लिने पहिलो बलर, तोडे आशिष नेहराको ९ वर्ष पुरानो कीर्तिमान



अ+ अ-

एजेन्सी । जसप्रित बुमराह बिहीबार वानखेडे स्टेडियममा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)विरुद्ध चम्किए । मुम्बई इन्डियन्सका फास्ट बलर (जसप्रित बुमराह)ले आरसीबीविरुद्ध पाँच विकेट लिए ।

जसप्रित बुमराहले आईपीएलमा ५ विकेट लिएर इतिहास रचेका छन् । उनी आरसीबीविरुद्ध पाँच विकेट लिने पहिलो बलर बनेका छन् । बुमराहले आशिष नेहराको ९ वर्ष पुरानो कीर्तिमान पनि तोडे ।

आईपीएल २०२४ को २५ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्यो । पहिले ब्याटिङ गरेको बैंगलोरले २० विकेट गुमाएर १९६ रन बनाएको थियो । उक्त लक्ष्य मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । जसप्रित बुमराहले आईपीएलको इतिहासमा दोस्रो पटक पाँच विकेट लिने कीर्तिमान बनाएका छन् ।

बुमराहले ४ ओभरमा २१ रन दिएर ५ विकेट लिए र आईपीएलको इतिहासमा दुई पटक पाँच विकेट लिने तेस्रो भारतीय फास्ट बलर बने । समग्रमा चौथो खेलाडी पनि हुन् । यो सूचीमा जेम्स फकनर पहिलो स्थानमा छन् । जयदेव उनाडकट दोस्रो र भुवनेश्वर कुमार तेस्रो स्थानमा छन् ।

बुमराह आरसीबीविरुद्ध एक इनिङमा पाँच विकेट लिने पहिलो बलर बनेका छन् । उनले २०१५ मा चेन्नईको लागि आशिष नेहराको को रेकर्ड तोडे । यससँगै आरसीबी विरुद्ध सबैभन्दा बढी विकेट लिने मामिलामा बुमराहले रविन्द्र जडेजा, सन्दीप शर्मा र सुनिल नारायणलाई पछाडि छोडेका छन् । आरसीबीविरुद्ध बुमराहले सर्वाधिक २९ विकेट लिएका छन् ।

बुमराहले आरसीबीका ओपनर विराट कोहलीलाई पहिलो पावरप्लेमा आउट गरेका थिए । आफ्नो दोस्रो स्पेलमा कप्तान फाफ डु प्लेसिसले महिपाल लोमरोरलाई उत्कृष्ट योर्करको फन्दामा पारे । त्यसपछि १९ औं ओभरमा उनले सौरभ चौहान र विजयकुमार विशाकलाई लगातार बलमा आउट गर्दै पाँच विकेट पुरा गरे ।