९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पूर्व सचिव भिम उपाध्यायले पाए सफाई

पूर्व सचिव भिम उपाध्यायले पाए सफाई
अ अ+ अ-

काठमाडौ ।  नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायले सफाई पाएका छन् । उनलाई सरकारका विरुद्धमा फेसबुकमा लेखेको भन्दै साइबर कानुन बमोजिम पक्राउ गरी मुद्दा चलाइएको थियो । 

खासमा ओमनी समूहसँग नेपाल सरकारले महामारीका बेलामा औषधि तथा स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको कुरा बाहिर ल्याएपछि उनलाई पक्राउ गरिएको थियो । 

उनले फेसबुकमा प्रधानमन्त्री केपी ओलीका विरुद्धमा आपत्तिजनक शब्द प्रयोग गरेर लेखेको समेत भनेर आरोप लगाइएको थियो । तर आज उनले काठमाडौं जिल्ला अदालतबाट सफाई पाएका छन् । 

आफूले सफाई पाएपछि खुशीको खबर भन्दै उनले आफ्नो फेसबुक स्टाटसमा यसरी लेखेका छन् ः 

‘‘खुशीको खबर,  आज मैले सफाई पाएँ ।

मेराविरूद्ध वर्तमान सरकारबाट गत बैशाख १५ गते दायर साईबर अपराध मुद्दामा आज काठमाण्डौँ जिल्ला अदालतले मलाई सफाई दिएको छ। 

मेरा पक्षमा वहस गरेर न्याय दिलाउन अथक प्रयास गर्नुहुने कानुन ब्यावसायीहरू,  बरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी, बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता चुडामणि पौडेल, बरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता गोविन्द बन्दीप्रति आभार ब्यक्त गर्न चाहन्छु।

यस सफाईको अदालतको फैसलाबाट  लोकतन्त्रमा नागरिकको अभिब्यक्ति स्वतन्त्रताको रक्षा भएको छ। माननीय जिल्ला न्यायाधीश भरतमणि खनालको ईजलासबाट आज यो फैसला भएको हो। मलाई न्याय दिनुहुने आदरणीय जिल्ला न्यायाधीश भरतमणि खनाललाई धन्यवाद प्रकट गर्न चाहन्छु।

थुनछेक बहसमा मलाई लोकतन्त्र रक्षार्थ सहयोग गर्न वकालतनामा दिने ३ दर्जन भन्दा बढी स्वतस्स्फूर्त उपस्थित भएर सहयोग गर्नभएका कानुन ब्यावसायीप्रति आभार प्रकट गर्न चाहन्छु। मप्रति गरिएको अन्याय र अलोतान्त्रिक ब्यवहारका बिरूद्ध आवाज घन्काउनु हुने न्यायका पक्षधर कानुन व्यावसायी, शुभेच्छुक, शुभचिन्तक र लोकतन्त्रप्रेमी राजनीतिक नेताहरू, युवाहरू, पत्रकार र परिवारका सदस्य र हितैषी साथीहरूप्रति पनि हार्दिक धन्यवाद ब्यक्त गर्दछु। यो सफाई लोकतन्त्रको रक्षामा साथ दिने सबै लोकतान्त्रिक जनताको जीत हो।’’