१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

छापामार शैलिमा संविधान र कानूनको प्रवन्ध माथी आक्रमण भयो –अर्थमन्त्री विष्णुप्रसाद पौडेल

छापामार शैलिमा संविधान र कानूनको प्रवन्ध  माथी आक्रमण भयो –अर्थमन्त्री विष्णुप्रसाद पौडेल
अ अ+ अ-

काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी भित्रैबाट छापामार शैलिमा संविधान को प्रवन्ध भन्दा पृथक खालका अभ्यास भएपछि प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभएको छ । 
मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बर्धन  सशक्तिकरण विषयमा आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पौडेलले छापामार शैलिमा संविधान र कानूनको प्रवन्ध र संसदीय दलको विधानको भन्दा पृथक खालका अभ्यासहरु गर्ने षडयन्त्रमुलक क्रियाकलाप भएकाले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउनुभयो ।

उहाँले अनुशासित प्रतिनिधि सभा निर्माण गर्नका लागि जनताप्रति, राष्ट्रप्रति जवाफदेही भएर काम गर्ने प्रतिनिधि सभा निर्माण गर्न ताजा जनादेशमा जाने निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको पनि बताउनुभयो । संविधानले सामाजिक र आर्थिक क्षेत्रमा समानता र समृद्धि र समाजवादको परिकल्पना गरेको र त्यस दिशातर्फ मुलुकलाई लैजान गतिशिल र अनुशासित प्रतिनिधि सभाको आवश्यकता रहेको तर्क गर्नुभयो ।

सरकारले जनताको पक्षमा, राष्ट्रको पक्षमा धेरै महत्वका कामहरु गरिरहदा ती कामहरुलाई साथ समर्थन दिएर सहयोग गर्नुपर्नेमा पार्टी भित्रैबाट खुट्टा तान्ने र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने, पार्टीमा विग्रहको अवस्था सिर्जना गर्ने प्रकारका प्रयासहरु भएको पनि बताउनुभयो । सरकारले गरेका कामबाट विपक्षीहरुले विरोध गर्ने विषय नपाउँदा, जनताले साथ र समर्थन दिइरहेका बेला पार्टी भित्रबाट असहयोग भएको पनि बताउनुभयो । सरकारलाई जनताको पक्षमा राम्रा काम गर्न नदिने क्रियाकलाप भएकोले पनि प्रतिनिधि सभा विघटन गरी अनुशासित प्रतिनिधि सभा निर्माण गर्न चुनावमा जानुपरेको स्पष्ट पार्नुभयो । 
निर्वाचनका लागि द्विविधा मुक्त भएर अगाडि बढन समेत अर्थमन्त्री पौडेलले आग्रह गर्नुभएको छ । अझैपनि केही मानिसहरु प्रतिनिधि सभा पुर्नस्थापना हुन्छ की भन्ने भ्रमले छातिमा पोस्टर टासेर सडकमा बसिरहेको बताउनुभयो । संविधानको अर्थ र मर्मलाई बुझ्ने हो भने प्रतिनिधि सभा पुर्नस्थापना हुने कुनै सम्भावना नभएको उहाँको भनाई छ ।