१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

निर्वाचनका समयमा दिएका आश्वासनहरु पुरा गर्ने समय आएको छ :वरिष्ठ उपाध्यक्ष ढकाल

निर्वाचनका समयमा दिएका आश्वासनहरु पुरा गर्ने समय आएको छ :वरिष्ठ उपाध्यक्ष ढकाल
अ अ+ अ-

धनगढी । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको भर्खरै सम्पन्न ५४ औँ वार्षिक साधारणसभाका समयमा दिएका आश्वासन पूरा गर्ने समय आएको बताउनुभएको छ ।

आइतबार कैलाली उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती विशेष समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघका सबै नेतृत्वले निर्वाचनका समयमा दिएका आश्वासनलाई साचो अर्थमा पूरा गर्ने समय आएको बताउनुभएको छ ।

स्थानीय तथा प्रदेश सरकारहरुबीच विकास निर्माणका काममा एकप्रकारको प्रतिष्पर्धा जस्तो रहेको बताउँदै ढकालले स्थानीय सरकार तथा प्रदेश सरकारसँग सहकार्य समन्वय गर्न निजी क्षेत्र तयार रहेको बताउनुभएको छ । “स्थानीय र प्रदेश सरकारले निजी क्षेत्रलाई साथमा लिएर हिड्न सक्यो भने मात्र द्रुत विकास सम्भव हुनेछ । तपाईहरुले हामीलाई सहजीकरण गर्नुस् । हामी लगानी ल्याउन तयार छौं,” उहाँले भन्नुभयो ।

व्यवसायीहरुले पनि स्थानीय र तथा प्रदेश सरकारसँग व्यवसायिक सम्बन्ध विस्तार गर्दै जानुपर्ने उहाँले बताउनुभयो । “व्यवसायिक सम्बन्ध मात्र दिगो रहन्छ । तपाईहरुले सम्भावनाका क्षेत्रहरु पहिचान गर्नुहोस् ।

हामी निजी क्षेत्र तपाईहरुसँग सहकार्यका लागि तयार छौं,” उहाँले भन्नुभयो । स्थानीय व्यवसायीहरुसँग साझेदारीमा स्थानीयस्तरमा आयोजनाहरु सञ्चालन भइरहेको बताउँदै उहाँले थप आयोजनाहरुको पहिचान भएमा त्यस्ता सम्भावनायुक्त आयोजनाहरुमा महासंघको तर्फबाट तथा व्यक्तिगत तर्फबाट लगानी जुटाउनका लागि आफूले पहल लिने उहाँले बताउनुभयो । जिल्ला नगरका समस्याहरु लगभग एकै प्रकारका हुने बताउँदै उहाँले ति समस्याको समाधानमा महासंघको नेतृत्व जिम्मेवार भएर लाग्ने बताउनुभयो ।

“जिल्ला नगरका समस्याहरु प्राय सबै जिल्लाका एउटै किसिमका रहेकाछन् । तपाईहरु आफै त्यसलाई समाधान गर्न सक्षम पनि हुनुहुन्छ । त्यस्ता समस्या महासंघको केन्द्रबाट पनि समाधानका लागि हामीले निर्वाचनका समयमा आश्वासन दिएका थियौं । अहिले ती पुरा गर्ने समय आएको छ,” उहाँले भन्नुभयो, “हामी हाम्रा आश्वासन पुरा गर्न तत्पर नै छौं ।”